Thursday, October 1, 2015

यसरी कसरी चल्छ देश ? आरोप लगाउन छाडौँ, वार्तामा जाऊ

अहिले चलिरहेको मधेश प्रदेश मागको विषयमा कांग्रेस, एमाले र एमाओवादी पार्टीका नयाँ संविधान २०७२ का निर्माता नेताहरुले मधेशी पहाडी छुट्टाएको प्रष्ट देखिन्छ ।
गोविन्द प्रसाद यादव 
आन्दोलनमा रहेका मधेश नेताहरुले आफ्नो जायज माग राखि सिमाक्षेत्रमा नाका बन्दी गरेर धर्ना दिइरहेको छ । नाका ठप्प पारेको छ । आन्दोलनरत पार्टीसँग वार्ता गर्नु सट्टा उल्टै भारतलाई दोष लगाउनु उचित होइन् । आफ्नै देशका केही राजनीतिक दललाई संविधानमा चिब बुझेको छैन् । उनीहरुले उठाएको मुद्दा संवोधन नभएको उनीहरु महसुस गरेको छ ।
आन्दोलनमा लागेका पार्टीहरु सँग मेलमिलाप, भेटघाट, वार्ता नगर्ने , मधेशी भनेर हेप्ने गरेको छ । सँविधान निर्माता नेता ज्यूको घरघरमा मधेश हुँदै खानेकुरा देखि लिएर उपभोग्य समान जान्छ, त्यो, अहिले नाकाबन्दीले रोकेको छ ।

Sunday, September 27, 2015

यदुवंशी (यादव) ले नेपाल अधिराज्यको प्रशासन सुत्रलाई नै पनि हस्तगत गरेका थिए ?


गोविन्दप्रसाद यादव
मध्ययुगको आरम्भमा नेपालको तराई क्षेत्रहरुमा आएर आवाद भएर रहेका ‘आभिर’ नामक पशुपालक जाति अहिले ‘अहिर’ नामले परिचित भइरहेको छ । यो जाति आजभोलि प्रायः भैसीहरु पाल्ने गर्दछ । यही जाति अचेल ‘ग्वाला’ वा ‘ग्वार’ को नामले परिचित रहने गरेको छ । पहिले–पहिले गाई पाल्ने गरेको हुनाले नै यो जाति ‘ग्वाला’ को नामले प्रसिद्ध रहने गरेको मानिन्छ । रुप तथा रङ्गको हिसाबले स्पष्टरुपमा नै आर्य परिवारकै देखिने ‘अहीर’ वा ‘आभीर’ हरु अचेल आफुलाई ‘यादव’ भनाउनमा गर्व गर्ने गर्दछन् ।
हिन्दुधर्मको अनुयायीका रुपमा रहँदै आएकोले तराई क्षेत्रमा आवाद भएर रहेका यिनीहरुको पनि आफ्नो कुनै खास बोली वा भाषा रहेका छैन् । जुन–जुन ठाउँमा आजको बोलीहरुलाई यिनीहरु पनि आफ्ना मातृभाषाहरुका रुपमा अपनाउँदै आइरहेको पाइन्छ ।
यिनीहरुको यो प्रवृति नेपाल अधिराज्यका तराई क्षेत्रहरुमा मध्ययुगको आरम्भदेखि अहिलेसम्म पनि निरन्तर चलि नै रहेको पाईन्छ । मध्ययुगको आरम्भ ‘आभीर’ वा ‘अहीर’ हरु वर्तमान काठमाण्डौँ उपत्यकासम्म पनि आवाद हुन पुगेका थिए । यिनीहरुले केही वर्षसम्म नेपाल अधिराज्यको प्रशासन सुत्रलाई नै हस्तगत गरेका थिए । पाटन इलाकाको दक्षिण पश्चिम भेगमा अझै पनि यिनका केही वस्तीहरु ऋावाद भएर रहेका पाइन्छन् । पहिलेदेखि नै यहाँ आएर रहन थालेकाले यिनीहरु अचेल नेवारी बोलीलाई नै बोल्ने गर्दछन् र खेतीपाती गरेर आफ्नो जीवन निर्वाह गर्ने गर्दछन् । ‘गोपालक’ अर्थात गाईहरु पाल्ने पेशा ग्रहण गर्दै आइरहेकोले यिनीहरु अझै पनि आफुलाई गोपाली भनाउनमा नै गर्व गर्ने गर्दछन् ।
यसै जातिको ‘हेल’ भन्ने अर्को एउटा उपसमुह काठमाण्डौँ शहरभित्र नै पनि आएर आवाद भएर रहेको पाइन्छ । नेवारी भाषा बोल्ने यहाँका ‘हेल’ हरुले अझै पनि गाईहरु पाल्ने पेशालाई अपनाइरहको पाइन्छ । नेवारी भाषामा प्रचलित रहेको ‘हेल’ शब्द पनि ‘अहीर’ वा ‘आभीर’ शब्दको नै अपभ्रंश रुप भएकोमा कुनै पनि सन्देहहरु रहेको छैन् ।
माओवादीले गरेको प्रस्तावित ‘पाशुपातमुक्ति’ मा ‘काठमाण्डौँ मण्डल’ को रुपमा एउटा अर्को छुट्टै प्राकृतिक बनावट पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा कायम रहेका साढेले दर्शाउँछ र दुधको ‘नैवेद’ ले पशुपतिनाथलाई ‘स्नान’ गराउने चलन अहिलेसम्म कायम नै रहेको छ ।
नेपाल अधिराज्यमा ‘आभीर’ नेता विष्णुगुप्त नै सर्व शक्तिमान् अधिनायक भएर रहेका थिए ।
‘कैलाशकुट भवन’ मा रहेका राज सिंहासनबाट ‘आभीर’ नेता विष्णुगुप्त हट्ने वितिकै यिनीहरुको स्थापना गराएका लिच्छवी राजा ‘भिमार्जु देव’ पनि ‘मानगृह’ मा रहेको राज सिंहासनबाट स्वतः नै हटन पुगेका पाइन्छन् ।
कुलदेवता श्री कृष्णको मन्दिर पाटनमा अवस्थित छ । साविक गौचरण (यादवहरु) को गाई चराउने ठाउँमा हाल गौचरण विमान स्थलको नाउले सर्वविदितै छदैछ ।
गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामवरण यादवले हाल सम्म आफ्नो भुमिका निभाई रहनु भएको छ । इतिहास ले परापुर्वकाल देखि नै नेपाल राष्ट्र बनाउनप्रति कतिको मोडहरुमा यदुवंशी (यादव)को भुमिका रहेको पाइन्छ ।
नयाँ संविधानमा तराईमा रहेका बहुसंख्यक यादवहरुले आफ्नो तराई क्षेत्रमा आफ्नो छुट्टै प्रदेश माँग समेत न गरेकोमा यादवहरु प्रतिसमेत नेताहरुले पक्षपात भेदभाव गरेको सर्ववितिदै छ ।
प्रथम संविधानसभाको चुनावमा माओवादी पार्टी बहुमत प्राप्त गरी दुई वर्षको संविधान अवधीमा चारा वर्ष विताउँदा पनि संविधान बनाउन नसकेको हाल आएर आफ्नै पार्टीका प्रभावशाली नेता तथा पुर्व प्रधानमन्त्री बाबुराले राजिनामा दिन पुगे ।
तसर्थ अहिले चलिरहेको मधेश आन्दोलन, पहाड आन्दोलन मा लिम्बुवान, खम्बुवान, जनजाति, थरुहट, मुस्लिम, महिला, दलितहरुको माँग सरह यादवहरुलाई पनि छुट्टै प्रदेश छुट्टाई दिन प¥यो । न त अर्को मधेश प्रदेशमा गृह युद्ध हुने संभावना हुने देखिन्छ ।
तसर्थ नेपालमा अहिलेको अशान्ति, असुरक्षा, दण्डहिंसा, षडयन्त्रपुर्ण, राजनीतिक गतिविधि र अपराध, कष्ट, आत्मसन्तुष्ट, राज्य र सरकारलाई चुस्त दुरुस्त बनाउनलाई ‘यदुबंशी’ (यादव) ले अहम भुमिका राख्दछ ।
जय मधेश–जय नेपाल
(लेखक यादव नमूना गाविस गोविन्दपुरका पूर्व गाविस अध्यक्ष हुन् ।)

Thursday, September 10, 2015

लहानमा गोली चल्यो, दर्जनौँ घाईते

लहान । संयुक्त मधेशी मोर्चाले आहवान गरेको अनिश्चितकालिन मधेश बन्दको बुधवार २६ औँ दिनमा लहान तनाव बढेको छ । आन्दोलनकारीले सडकमा रुख ढालेर अवरुद्ध गर्ने क्रममा प्रहरीसँग भएको झडपमा दर्जन भन्दा बढी प्रदर्शनकारी घाईते भएको छ ।
प्रदर्शनकारीहरुले ट्राफिक प्रहरी कार्यालय छेउमा पुर्व पश्चिम लोकमार्गमा रहेको मसालाको रुख काट्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीको तर्फबाट नौ जना तथा प्रदर्शनकारीको तर्फबाट चार जना गोली लागि घाइते भएको बताइएको छ । सद्भावना पार्टीका सह

Saturday, September 5, 2015

मधेशलाई सधैभरी वेलास्ता गरीरहे काठमाडौंसँगको सम्बन्ध टुट्न सक्ने ः यादव र ठाकुर

लहान । सरकारसँग बार्ताको कुनै औचित्य नरहेको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएको छ । मधेशी संयुक्त मोर्चाद्वारा सिरहाको मिर्चैयामा आयोजित ‘मधेश मुक्त महाकुम्भ’ कार्यक्रममा अध्यक्ष यादवले मधेशीसँग विगतमा भएको सहमति कार्यान्वयन गरे आन्दोलन  त्यसै रोकिने ठोकुवा गरे ।
मधेश आन्दोलनपछि भएको २२ बुदे र ८ बुदे सम्झौता लागु भए कसैसँग बार्ताको आवश्यकता नभएको यादवले बताए । उनले भने ‘हाम्रो सरकारसँग नयाँ कुनै माग छैन, विगतमा भएका सम्झौता लागु गर्ने र तराईमा  अहिले परिचालन गरेको सेना र सशस्त्रलाई  फिर्ता बोलाए आन्दोलन स्थगित हुन्छ ।’
संवोधनकै क्रममा यादवले मधेशसँग वितमा भएको सहमतिको वेवास्ता गरी सविधानजारी गरे मधेशको घरघरमा सविधान जल्ने बताए । उनले भने ‘सत्तापक्ष संविधान जारी गर्न जति आतुर छन्, हामीपनि जारी होस् भन्ने पक्षमा छौं । मधेश, दलित, मुस्लिम, जनजातिलाई वेवास्ता गरी संविधान जारी गरे हामीले पनि सलाई किनेर राखेको छौं , मधेशको घरघरमा जलाउँछौं ।’

तराई मधेसका कांग्रेसी सभासद्को प्रस्ताव मधेसमा ३ प्रदेश

तराई मधेसका ४३ कांग्रेसी सभासद्ले तराईमा ३ प्रदेशको सीमाकंन हुनुपर्नेलगायत माग राख्दै  संविधान विधेयकमा संशोधन प्रस्ताव राख्न पार्टीलाई सुझाव दिएका छन् । उनीहरुले पार्टीको संसदीय दलको कार्यालय र प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई सुझाव पत्र बुझाएका हुन् ।

उनीहरुले संविधानमै राष्ट्रिय मधेसी, मुश्लिम, आदिवासी जनजाति, थारु आयोग गठनको व्यवस्था हुनुपर्ने, जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने, न्यायपालिकाको सम्पुर्ण नियुक्ति समानुपातिक समावेशीको आधारमा हुनुपर्ने, राज्यका सवै तह र अंगमा महिला, जनजाति, मधेशी, मुश्लिम, अल्पसंख्यक र पिछडाबर्गको प्रतिनिधित्व समानुपातिक र समावेशीका आधारमा हुनुपर्नेलगायत माग राख्दै विधेयक संशोधनका लागि सुझाव दिएका हुन् । पार्टीको निर्देशन अनुसार हामीले दलको कार्यालय र प्रधानमन्त्रीलाई संविधान विधेयकमा संशोधन गर्नका लागि सुझाव दिएका छौं, जनताको पार्टी भएकाले यी सुझाव पार्टीले संशोधन प्रकृयामा अघि बढाउँछ भन्ने विश्वास छ

Thursday, September 3, 2015

मधेशीका माग पूरा नगरे नाकाबन्दी गर्ने भारतीय पक्षको धम्की

मधेशी जनताका माग पूरा नगरे  नेपाललाई सबै प्रकारको नाकाबन्दी गर्ने भारतीय पक्षबाट धम्की आएको छ ।
भाजपाका अध्यक्ष तथा भारत सरकारका गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भारतीयहरु रहेको र उनीहरुको सुरक्षा भारतले गर्छ भन्ने विवादास्पद अभिव्यक्ति दिएको केही दिनपछि नै तल्लो तहबाट नाकाबन्दीको धम्की आएको हो ।
नयाँ संविधान निर्माणको क्रममा तराईमा जारी आन्दोलनलाई सफल पार्न सहयोग गर्ने भन्दै भारतीयहरुले धम्की दिएका हुन । नेपाली सीमावर्ती क्षेत्र रक्सौलका स्थानीय वासिन्दाले मधेशवादीको माग पूरा नगरे नेपालतर्फको सम्पूर्ण ढुवानी ठप्प गरेर नाकाबन्दी गर्ने धम्की दिएका हुन ।

मधेशी काँगे्रस सभासदको यस्तो छ, पाँच बुँदे माँग

नेपाली कांग्रेसका मधेसी तथा थारू सभासद्हरूले पाँच बुँदे माग पूरा नभए पार्टी निर्देशन विपरीत संविधानसभामा संशोधन प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन्।
नेपाली काँग्रेसका तर्फबाट संविधान सभामा प्रतिनिधित्व गर्ने ५८ जना मधेसका सभासद्को पाँच बुँदे ज्ञापन पत्र कार्यन्वयन हुनेपर्नेमा सहमति रहेको एक सभासदले बताए।
मधेशी तथा थारू समुदाय आन्दोलित भइरहेको अवस्थामा संविधानसभाले यत्तिकै संविधान मस्यौदा अघि बढाउन नसक्ने अडान राख्दै उनीहरूले हाल तराई–मधेशमा जारी आन्दोलन आफ्ना ती पाँच बुँदे प्रस्तावले पूरा गर्ने विश्वास पनि दिएका छन्।

Wednesday, September 2, 2015

सभासदहरुलाई ध्यानार्षण गराईयो

नेपाली काँगे्रसका महाधिवेशन प्रतिनिधि डा. सुभाष चन्द्र यादव लगायतले संविधानसभा सदस्यहरुलाई ध्यानार्षण गराएको छ । संविधान मस्यौदा समितिले मिति २०७२ भाद्र ४ गते संविधान सभामा पेश गरेको नेपालको संविधानको परिमार्जित विधेयक माथि हाम्रो ध्यानआकर्षण भएको यादवले बताए । उनले, हामीले उठाएका मुद्दाहरु मध्ये केही सम्बोधन भएता पनि अझैँ धेरै मह्त्वपुर्ण मुद्दाहरु छुट्न गएकोले समावेश गर्न गराउनको लागि ध्यानआकर्षण गराउन चाहन्छौँ भने ।
उनीहरुले नागरिकता, मौलिक हक र कर्तव्य, राज्यका निर्देशक, निति तथा दायित्व, संघिय व्यवस्थापिका, राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था लगायतका विषयमा ध्यानार्षण गराएाको छ । ध्यानार्षण पत्रको (पुर्ण पाठसहित)

सिरहामा आन्दोलन गर्नेहरुको एक्यबद्धतामा बृद्धि

व्यपारी, बुद्धिजीवी र नागरिक समाज आन्दोलित, राज्यको उदासिनताले बन्दले जनजीवन कष्टकर
बद्री नारायण यादव
सिरहा–संघीयताको सिमांकनमा विभेद भएको भन्दै सुरु भएको विरोधका कार्यक्रममा एक्यबद्धता जनाउदै सोमवार सिरहाका व्यपारी, उद्योगी, प्रध्यापक, कानून व्यवसायी र नागरिक समाज लगायत अधिकारवादी संघ संस्थाहरुले ¥याली प्रदर्शन गरेका छन् ।
सैकडौं व्यक्तिहरुको सहभागीतामा यहाँको महावीर चौकबाट सुरु भएको उद्योग बाणिज्य संघ र सुडी सेवा समाज समितिको संयुक्त ¥याली नगरको सिरहा बजारको विभिन्न भाग परिक्रमा गर्दै इमली चौकको बसपार्कमा गई कोण सभामा परिणत भएको थियो ।
यस बेलाको यो आन्दोलन कुनै खास पार्टी, समूह र व्यक्ति विषेशको नभएर पहिचान कायम गर्ने अवसरको रुपमा लिनुपर्ने सुडी सेवा समाज समितिका अध्यक्ष लक्ष्मण साहले बताए । संविधान निर्माणको अवस्थामा यतिखेर संघीयताको सिमांकनमा चुक हुन गयो भने आउने दिनहरु अन्धकार हुने भन्दै आन्दोलनमा सक्रिय हुन आम नागरिकसँग उनले आग्रह गरे ।

माग सम्बोधन गर

संघीय प्रदेशको सिमांकनमा विभेद भएको भन्दै देशको विभिन्न कुनाबाट विरोधको स्वर गुन्जियो ।

सांकेतिक रुपमाबाट सुरु भएको त्यस्ता स्वर राज्यको उदासिनताका कारण आन्दोलनको रुप लिएको कुरा कसैबाट लुकेको छैन् । केही नेताहरुले आफ्ना स्वार्थ सिद्ध हुने खालको संघीय प्रदेशको सिमांकनको खाका ल्याएको चर्चाको विषय बन्न पुगेको हो । जसलाई सच्चयाउन थारु कल्याणकारणी सभा, संयुक्त मधेशी मोर्चासँगै संघीय समाजवादी फोरम नेपाल, नेकपा माओवादी लगायत अन्य पार्टीले आन्दोलनको बागडोर अगाडी बढाउदै आएका छन् । पन्द्रह दिने लामो बन्दको क्रममा झडपमा परेर विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारी गरी दर्जनौं व्यक्तिले ज्यान गुमाइसकेका छन् भने अर्बौको नोक्सानी भएको छ ।

Sunday, July 19, 2015

मोरङ ९ मा खड्ग फागो नै किन ?

ईश्वर भट्टराई, उर्लाबारी 
५ बर्षअघि मोरङ क्षेत्र नं. ९ का कांग्रेसजनमा बेग्लै रौनकता छायो । १२ औं महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको अभूतपूर्व ‘कांग्रेसी एकता’ यो क्षेत्रमा अन्य अधिवेशनभन्दा पृथक थियो । कारण, क्षेत्रीय सभापतिमा खड्ग फागोको उम्मेद्वारी ।
२०४६ सालको परिवर्तन यता एमालेको ‘बाघखण्ड’को रूपमा चिनिएको उत्तरपूर्वी मोरङ पछिल्लो पटक माओवादीको दवदवाले कांग्रेसजनहरू ‘कुहिरोमा हराएको काग’ जस्ता बनेका थिए । युवा नेता फागोको क्षेत्रीय सभापतिमा आगमन भएसँगै कांग्रेसलाई संजीवनी बुटी प्राप्त गरेझैं भयो । पार्टीलाई डो¥याउन फागोभन्दा अर्काे उपयुक्त पात्र यस क्षेत्रमा पाउन कठिन थियो नै । सम्भवतः यही कारण, उनलाई युवा र श्रमजीवी वर्गको साथ प्राप्त भयो । उनको उदयसँगै मोरङ ९ नं. क्षेत्रका कांग्रेसजनमा निक्कै उर्जा मिल्यो । फलतः उनले सभापति बनेको छोटो समयमा आफूलाई मात्र होइन पार्टीलाई पनि उचाइमा पु¥याए ।

Friday, July 10, 2015

जिविसको दोधारे कार्यनीति र सिरहाको अगामी अवस्था

बद्री नारायण यादव

एउटा साधुले आफ्ना शिस्यलाई भन्यो, ‘भगवानको पुजा गर्नुछ पाँच रुपैयाँको केला किनर ल्याउ ।’ गुरुको आदेशानुसार शिस्य बजार गएर केला बिक्रेतासँग सोधेछ, ‘केला कसरी ?’ केला बिक्रेताले भन्यो, ‘एक रुपैयाँमा एक पीस केला किन्न पाउनुहुन्छ ।’ केला बिक्रेताको शर्तलाई स्वीकार गर्दै उनले पाँच रुपैयाँको केला किनेछन् । तर, केला राम्रो हो कि होइन् भन्ने उनलाई विश्वास लागेन् । त्यस पाँचवटा केलाबाट एउटालाई उनले खाइदियो । केला खाँदा राम्रो लागेर कान फुलाउँदै आफ्ना गूरुको कुटिमा फर्केछन् ।
शिस्यले आफ्ना गूरुको हातमा चारवटा केला दिएछ । अनि गूरुले उनलाई फेरी सोध्यो, ‘एक रुपैयाँमा कतिवटा केला दियो ?’ जवाफमा शिस्यले भन्यो, ‘एक रुपैयाँमा एक पीस केला दियो । मैले पाँच वटा केला किने ।’ शिस्यको कुरा सुनेर साधु छक्क पर्दै भने,‘अरे, यो चारवटा केला मात्र रहेछ ?’ अझ एउटा केला खाँदै शिस्यले भन्यो, ‘यसरी चाखेको एउटा केला ।’ यसरी चाखेको नाउँमा शिस्यले दुईवटा अरु केला खाइदिएछन् ।

Thursday, July 9, 2015

साक्षर घोषणा कहिले ?

यो वर्ष जिल्लालाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालय सिरहाले गैरसरकारी संस्था मार्फत संचालन गरेको ‘साक्षरता कार्यक्रम’ सम्पन्न भएको महिना दिन बित्न लागेको छ । यो कार्यक्रम अन्तिम वर्षको रुपमा संचालन हुन लागेको भनिएको छ । साथै यो कार्यक्रम अन्तर्गत कक्षा समाप्ती पछि जिल्ला ‘साक्षर’ भएको घोषणा कार्यक्रम पनि गरिने छ भन्ने प्रतिबद्धता जिशिकाले व्यक्त गरेको थियो ।
साक्षरता कक्षा संचालन गर्न जिल्ला शिक्षा कार्यालय सिरहाले निर्धारण गरेको शर्तको अधिनमा रहने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाका सैकडौं गैरसरकारी संघ÷संस्थाहरुले त्यो कक्षा सम्पन्न गरेका छन् । तीन महिनाका लागि चलेको साक्षरता कक्षा जेष्ठमा नै सकेको छ । कक्षा सम्पन्न गरेका कार्य प्रतिवेदन पनि बुझाइसकेका छन्, ती संस्थाहरु ।

वेपत्ता परिवारको नाउँमा प्रतिक्षालय

सिरहा । द्धन्द्धकालमा वेपत्ता भएका परिवारको नाउँमा नेपाल रेडक्रस सोसाइटी सिरहाले सिरहा नगरपालिका १ मा पर्ने हुलाकी राजमार्ग अन्तर्गतको शिव चौकमा विहिवार एक कार्यक्रम गर्दै प्रतिक्षालय उद्घाटन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर वि.क.ले रिवण काटेर सो प्रतिक्षालयको उद्घाटन गरेको थियो । वेपत्ता परिवारको जीविकोपार्जनसँगै उनीहरुको सम्झनामा बनाइएको यो प्रतिक्षालयले अन्य सर्वसाधारणलाई फाइदा पुग्ने उनले बताए ।
नवनिर्मित प्रतिक्षालय कार्यलाई प्रशंसा गर्दै सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवले आउने केही दिनमा प्रतिक्षालयलाई लक्षित गरेर चर्पी निर्माण गरिने प्रतिबद्धता जनाए । जिल्ला खुल्ला दिशामुक्त गर्ने अभियान अग्र दिशामा बढेको अवस्थामा चर्पी बिना प्रतिक्षालयको महत्व कम हुने भएकोले सो काम नगरपालिकाले पुरा गर्ने उनले जनाए ।

खुल्ला दिशामुक्त गाविस घोषणाले लगडी गदियानीबासी उल्लासित

बद्री नारायण यादव
सिरहा । अहाँ कि करहल छी ? सर, किछ नै ओहीना बैसक ठण्ढा रहल छी । आँई ठण्ढाई वाला त आउर जगह छै ने औ । ऐहन अनहार आ घासे–घास भेल जगह कियाक बैसल छी ? ऐह सर, अँहु बड जिधि छि, बुझले बात त अछि, तैयो अर्थाव लगैछि । कि बुझले बात ? कि आहाँ एहन अनहारमे बैस दिशा त नै करहल छि ? सर, कि करु । कत जाउ घरमे ट्वाईलेट नै अछि । रुपैया ढौवाके अभाव अछि, तैही दुवारे ऐहन घास–घुसमे दिशा कर पैर रहल अछि । यी हमर बाध्यता सेहो अछि । सरकारो केहन विभेदकारी अछि जे हमरा गरिब सब पर धियान नै दैअ । सोजहे कहै या कि यि विकास उ विकास । घर–घरमे ट्वाइलेट बना देतै त नै हेतै ।
खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्ययोजना बनाएर लगडी गदियानीका गाविस सचिव कृष्णदेव यादव र अन्य सहयोगीले चर्पीबारे खोजबिना गर्दा त्यहाँका स्थानीयहरुसँग उनीहरुले बुझ्ने (मैथिली) भाषामा प्रश्न गर्दा जवाफ पाउँथ्यो, ‘आफु गरिब छु, जग्गाको अभाव छ भन्दै दातृ निकाय तथा नेपाल सरकारको जिम्मेवारी हो भनेर भन्थ्यो । सरकारले नै चर्पी बनाइदिनु पर्छ भन्ने माग पनि गर्दथ्यो ।’

Monday, April 6, 2015

जिल्लाको विकास गर्न कृषिमा लगानी आवश्यक : अध्यक्ष यादव

लहान । नेकपा एमाले सिरहाका अध्यक्ष प्रमोद यादवले जिल्लाको विकास गर्नका लागि कृषिमा लगानी गर्नुपर्ने आवश्यकता रहेको वताउनुभयो । वहाले सिरहा जिल्लालाई नमुना जिल्ला वनाउनका लागि युवाहरुको सक्रियतामा कृषिमा प्रत्यक्ष लगानी सरकारी निकायले गर्नुपर्ने वताउनुभयो ।
नेकपा एमाले सिरहाका अध्यक्ष प्रमोद यादव  तालिम उदघाटनमा 
युवा सुचना केन्द्र सिरहाको सहयोगमा जनप्रयास सामुदायिक विकास केन्द्र विष्णुपुरकट्टीले मानिकदह कृषि सहकारी संस्था गोन्दिपुरको समन्वयमा संचालित पा“च दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिमको उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो वताउनुभयो ।
 अध्यक्ष यादवले युवाहरु दिनानुदिन  विदेश जाने जनलहर चलिरहेको अबस्थामा यसलाई रोक्नका लागि कृषि क्षेत्रमा लगानी  अति आवश्यक रहेको वताउनुभयो । वहाले उतरी क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्नका लागि सरकारी निकाय र गैरसरकारी निकायसंग समन्वय गरि तत्काल खानेपानी समस्या समाधानको लागि आवश्यक पहल गर्ने वताउनुभयो । खानेपानीको समस्या समाधानमा स्थानीय निकायले अविलम्ब अन्य योजनालाई तत्काल थाती राखेर भएपनि  खानेपानी समस्या समाधानका लागि लगानी गर्न सुझाव दिनुभयो ।

Monday, March 2, 2015

आन्दोलनको बाध्यता र विश्वसनीयता

रामसुकुल मण्डल

आन्दोलन रहर नभए बाध्यता हुन्छ । कुनै पनि समुदाय आफ्नो हकअधिकार स्थापित गराउन आन्दोलन अन्तिम विकल्प हुन्छ । आन्दोलनबाट नै अधिकार सुनिश्चित हुन्छ । तर, आन्दोलनको लक्ष्य र एजेन्डाहरु स्पष्ट हुनुपर्छ । संविधानसभामा हंगामा खडा भएपछि सत्ता पक्ष र प्रतिपक्षीबीचको ध्रुवीकरण भएको छ । यो ध्रुवीकरणलाई माओवादीको जनयुद्ध, सात दलको नेतृत्वमा भएको दोस्रो संयुक्त जनआन्दोलन तथा मधेश विद्रोहसम्म भएका तमाम आन्दोलनहरूको परिदृश्यमा हेर्नुपर्छ । यसो भनिरहँदा तर्कको रूपमा १२ बुँदे सम्झौताले अगाडि बढाएको राजनीतिक बाटोलाई अवलम्बन गर्ने राजनीतिक विषयहरू पनि छन् भने त्यसको औचित्य समाप्त भइसकेको अब नेपालको राजनीतिक अवस्था बदलिसकेको छ ।

Friday, February 27, 2015

होलीलाई मर्यादित बनाऔं

संगीता रेग्मी 
मानव समाजको विकासक्रममा निर्माण भएका विभिन्न संस्कृतिहरूमध्ये हिन्दु समुदायले सांस्कृतिक एवम् धार्मिक दृष्टिकोणले मनाउने पर्वमध्ये ‘होली’ एक हो । नेपालमा पनि होलीलाई विभिन्न क्षेत्रका हिन्दूधर्माबलम्बी तथा त्यो संस्कृतिसँग नजिक रूपमा रही सम्बन्ध निर्माण गरेको अन्य समुदाय पनि होली तदनुरूप मनाउने गर्छन् । पछिल्ला केही वर्षहरूमा नेपालका विभिन्न ठाउँमा मनाइने होलीहरूमा भारतीय चलचित्रहरूको प्रभाव प्रष्ट देखिन्छ । होली निसन्देह वर्षमा आपसी रिस, राग र द्वेषलाई समाप्त पार्दै एक अर्कोसँग अंकमाल गरी विभिन्न रंगको पर्व होलीमा रंग अविर लगाई सद्भावको साटासाट गरिन्छ ।

नेपालमा होली पर्व दुईदिनसम्म महत्वका साथ मनाउने गरिन्छ । पहाडी जिल्लामा अघिल्लो दिन र तराईमा भोलिपल्ट यो पर्व धुमधामका साथ मनाइन्छ । होलीलाई तराई–मधेशमा ‘फगुवा’ भन्ने गरिन्छ । आफन्त, इष्टमित्र, साथीभाइहरूका बीचमा अबिरको टिका लगाएर एक–अर्काबीच सुखद् पलहरू साटासाटा गर्ने र वर्षैभरि शुभ होस् भनि शुभकामनाका शब्दहरू आदानप्रदान गर्ने दिनका रूपमा चिनिने यस पर्वको विशिष्ट महत्व र सन्देश रहेको छ । होलीको महत्व र सन्देशलाई नजिकबाट नियाल्दा यस पर्वमा आफन्त, इष्टमित्र,

महिलाको पत्रकारितामा सक्रियता बढ्दै

जया सिंह
तालिममा सहभागी महिला पत्रकारहरु ।
लहान । जनकपुरमा महिला पत्रकार उमा सिंहको हत्या पछि तराई मधेशमा महिला पत्रकार संख्यामा कमि आएको थियो । केही समय देखि त्यो संख्यामा वृद्धि भइरहेको छ । प्रत्येक शहर बजारमा रेडियो, पत्रपत्रिकाको  प्रसारण र प्रकाशन बढेसँगै महिला पत्रकारको संख्या बढ्दै गएको छ । लहानमा भइरहेको रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि तालिमा महिलाहरुको सहभागिताले देखाएको छ । तालिममा पुरुष भन्दा महिलाको सहभागिता बढी छ ।

Thursday, February 26, 2015

सरकार ! हामी कहिले सम्म कुटाई खाने ?

लहान । सिरहाको पडरीया–४(हाल लहान–११) लवटोली यहाँ १६ घरपरिवार दलित भुमिहिनहरुको वस्ती छ । यो गाउँमा जाँदा वालवालिकाहरुले औषधी र खानेकुरा माग्छ र अलिक उमेर भएका भन्छ, ‘सरकार हामीलाई यहाँ स्थानीय जिमदारहरुले कहिले सम्म कुटछ ?’ जमिनदारको कुटाईबाट जोगाइदिनु ।

कर छल्नेलाई नकस्नुको कारण के ?

राज्यले अख्तियार गरेको शिक्षा नीति भित्र नरहेर केही विद्यालयले मनोपोली गर्दै आएको कुरा बाहिर आएको छ । जो आम नागरिकको अधिकार र उनीहरुको कर्तव्यसँग जोडिएको कुरा हो । त्यो स्थानीय स्तरमा व्यवहारमा लागु भए नभएको रेखदेखको जिम्मा पाएका जिल्ला शिक्षा कार्यालय मुख्य पंक्तिमा हो । बेला–बेलामा त्यसलाई अनुगमन गरी प्रतिवेदन बाहिर ल्याउनु जिशिकाको कर्तव्य हो ।

चर्पी प्रयोगबारे बुझ्न अनुगमन टोली गाउँ जाने

बद्री नारायण यादव
सिरहा । खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने समयसिमा नजिकिदै गर्दा जिल्ला स्तरीय सरसफाई, खानेपानी स्वच्छता समन्वय समितिको शुक्रवार बसेको बैठकले चर्पी निर्माण र प्रयोगबारे बुझ्नका लागि अनुगमन टोली गाउँ–गाउँमा पठाइने निर्णय गरेको छ ।
बैठकमा सहभागी राजनीतिक दलहरुले अनुगमन नभएकै कारण अभियान लक्षित क्रियाकलाप सुस्त भएको गुनासो गरेपछि उक्त निर्णय गरिएको हो । दलहरुको उक्त सुझावलाई प्राथमिकतामा राखेर बैठकमा अध्यक्षता ग्रहण गरेका जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत शम्भु साहले आउने केही दिन भित्र अनुगमन टोली बनाएर चर्पी निर्माण र प्रयोगबारे बुझ्न गाउँ गाउँ पठाइने प्रतिबद्धता जनाए ।