
प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर वि.क.ले रिवण काटेर सो प्रतिक्षालयको उद्घाटन गरेको थियो । वेपत्ता परिवारको जीविकोपार्जनसँगै उनीहरुको सम्झनामा बनाइएको यो प्रतिक्षालयले अन्य सर्वसाधारणलाई फाइदा पुग्ने उनले बताए ।
नवनिर्मित प्रतिक्षालय कार्यलाई प्रशंसा गर्दै सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवले आउने केही दिनमा प्रतिक्षालयलाई लक्षित गरेर चर्पी निर्माण गरिने प्रतिबद्धता जनाए । जिल्ला खुल्ला दिशामुक्त गर्ने अभियान अग्र दिशामा बढेको अवस्थामा चर्पी बिना प्रतिक्षालयको महत्व कम हुने भएकोले सो काम नगरपालिकाले पुरा गर्ने उनले जनाए ।
द्धन्द्ध तथा वेपत्ता परिवारको आर्थिक, प्रशासनिक, सामाजिक एवं अन्य अवस्थामा सुधार ल्याउन विषेश रुपमा आई.सी.आर.सीले २०१० देखि काम गर्दै आएको संस्था प्रतिनिधि सन्देश श्रेष्ठले बताए । वेपत्ता परिवारप्रतिको व्यवहारमा परिवर्तन ल्याउन यस अघि कैऔं सचेनतामूलक अभियान संचालन गरिएको उनले बताए ।
४ हजार ६ सय वेपत्ता परिवार र आई.सी.आर.सी.को सहयोगमा संचालन भएको कार्यक्रम “हात्ते मालो” बाट १ लाख ४० हजार ४ सय ९२ गरी १ लाख ४५ हजार ९२ रुपैयाँको कूल लागतमा निर्माण भएको उक्त प्रतिक्षालय उद्घाटन कार्यक्रमको अध्यक्षता नेरेसो सिरहा सभापति राजदेव यादवले गरेको थियो । सार्वजनिक निकायमा आफ्ना काम गराउन जाने वेपत्ता परिवारका सदस्यलाई त्यस निकायका कर्मचारीले हेप्दै चर्को भाषा प्रयोग गर्ने गरेको कार्यक्रममा बोल्दै धर्मशिलादेवी साहले आरोप लगाइन् ।
काम गराउन गएकाहरुप्रति सार्वजनिक निकायका कर्मचारीले झर्को भाषा प्रयोग गर्नुका साथै आफ्ना साथीहरुलाई अपमान गर्दै आएको उनले दाबी गर्दै अब आउने दिनमा त्यस्ता गलत व्यवहार नगर्न सम्बन्धित निकायहरुसँग आग्रह गरेकी छन् ।
(नवजागृति साप्ताहिक, असार २२)
No comments:
Post a Comment