बद्री नारायण यादव
सिरहा । अहाँ कि करहल छी ? सर, किछ नै ओहीना बैसक ठण्ढा रहल छी । आँई ठण्ढाई वाला त आउर जगह छै ने औ । ऐहन अनहार आ घासे–घास भेल जगह कियाक बैसल छी ? ऐह सर, अँहु बड जिधि छि, बुझले बात त अछि, तैयो अर्थाव लगैछि । कि बुझले बात ? कि आहाँ एहन अनहारमे बैस दिशा त नै करहल छि ? सर, कि करु । कत जाउ घरमे ट्वाईलेट नै अछि । रुपैया ढौवाके अभाव अछि, तैही दुवारे ऐहन घास–घुसमे दिशा कर पैर रहल अछि । यी हमर बाध्यता सेहो अछि । सरकारो केहन विभेदकारी अछि जे हमरा गरिब सब पर धियान नै दैअ । सोजहे कहै या कि यि विकास उ विकास । घर–घरमे ट्वाइलेट बना देतै त नै हेतै ।
खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्ययोजना बनाएर लगडी गदियानीका गाविस सचिव कृष्णदेव यादव र अन्य सहयोगीले चर्पीबारे खोजबिना गर्दा त्यहाँका स्थानीयहरुसँग उनीहरुले बुझ्ने (मैथिली) भाषामा प्रश्न गर्दा जवाफ पाउँथ्यो, ‘आफु गरिब छु, जग्गाको अभाव छ भन्दै दातृ निकाय तथा नेपाल सरकारको जिम्मेवारी हो भनेर भन्थ्यो । सरकारले नै चर्पी बनाइदिनु पर्छ भन्ने माग पनि गर्दथ्यो ।’
तर, उक्त गाविसका सचिव कृष्णदेव हिमत् हारिन र खुल्ला दिशामुक्त गर्ने अभियानलाई तिव्र पार्दै गयो । जति–जति खुल्ला दिशामुक्त अभियान गाविसमा तात्दै गयो उतिकै चालमा सचिव कृष्णदेव आफ्ना गति पनि बढाउँदै गयो । विस्तारै–विस्तारै कृष्णदेवले लगडी गदियानीको छिमेकमै पर्ने आप्mनो गाउँ सन्हैठा भएर पनि कार्यक्षेत्रमा नै बस्न थाल्यो । साँझ र विहान अन्य सम्बद्ध पक्षसँग समन्वय गरी कृष्णदेवले खुल्ला ठाउँहरुको स्थलगत अनुगमन गर्न थाले ।
वर्षौ दिन देखि त्यो गाविसमा चल्दै आएको अभियानले गति लिन सकेको थिएन् । तर कृष्णदेवले अन्य सम्बद्ध पक्षसँग समन्वय गरी ‘गस्ती’ गर्न थालेपछि खुल्ला दिशामुक्त अभियानले तिव्र गति लिएको स्थानीयहरुको भनाई छन् ।
कृष्णदेवले स्थानीय प्रशासनको प्रतिनिधि, युवा, बाल क्लबका सदस्य, महिला समूह तथा राजनीतिक दल लगायत अन्य सरोकारवालाको संयुक्त टोली बनाएर नियमित रुपमा घरदैलो तथा साँझ र विहान गाविसका विभिन्न खुल्ला ठाउँहरुमा अनुगमन गर्न थालेपछि चर्पी बनाउनेहरुको संख्यामा ह्वातै बृद्धि भएको गाविस श्रोतले बताए ।
‘गाविसबाट आउने अभियानकर्मीको कुरालाई हामीले त्यति महत्व दिदैँन्थे । यो चर्पी बनाउने कार्यमा किन खर्च गर्ने । यो रकम ब्यर्थमा खर्च हुने जस्तो लागेको थियो,’ स्थानीय रासलाल मुखिया भन्छन्, ‘बिस्तारै कुरा बुझ्दै जाँदा यो त आफ्नै लागि फाइदाको कुरा पो रहेछ महसुश भयो र घरमा चर्पी बनाएर नियमित रुपमा प्रयोग गर्न थालेको छु ।’
आफ्नो घरमा चर्पी मात्र बनाएन आफ्ना छरछिमेकका बासिन्दालाई पनि त्यसको महत्व र आवश्यकताबारे बुझाउन थाल्यो । खुल्ला दिशामुक्त अभियानकर्मीलाई साथ दिदैँ गाउँमा हुने अन्य सचेतनामूलक कार्यक्रममा पनि सक्रिय सहभागीता उनले जनाउन थालेको गाविस श्रोतले बतायो ।
चर्पीको महत्वबारे थाहा नभएको अवस्थामा गाउँका अधिकांश व्यक्तिहरु खुल्ला रुपमै शौच गर्दा त्यसै कारणले गाउँमा बेला–बेलामा गालीगलौज तथा भैm–झगडा हुने गरेको थियो, स्थानीय रतनदेवी कारकले बताइन् । खुल्ला दिशामुक्त अभियान अन्तर्गत भएका कार्यक्रमबाट गाउँलेहरुले त्यसको महत्व र आवश्यकताबारे ज्ञान हासिल गरेर सबैले आ–आफ्ना घरमा चर्पी बनाएर प्रयोग गरिरहेको उनले थपिन् ।
अन्य काममा लाखौं रुपैयाँ खर्च गरिन्थ्यो तर चर्पीको औचित्यबारे जानकारी नभएकै कारण घरमा चर्पी नबनाएको कुरालाई सम्झिदा हिनताबोध हुन थाल्छन् स्थानीय कासिम मियाँले बताए । तर, वर्तमान अवस्थामा कासिमले राम्रै लगानीमा व्यवस्थित चर्पी बनाएर नियमित रुपमा प्रयोग गर्न थालेका छन् । साथै, खुल्ला दिशामुक्त गाउँ घोषणा गराउनमा पनि सक्रिय सहभागी भई सहयोग गरेको श्रोतले बताए । खुल्ला दिशामुक्त गाविस घोषणा गराउनमा कासिमको महत्वपूर्ण योगदान रहेको श्रोतको भनाई छ ।
खुल्ला दिशामुक्त गाउँ घोषणा गर्न कार्यक्रम संचालन गर्दा शूरुमा गाउँका धनी वर्गबाट केही दिन विरोध भयो तर बिस्तारै उनीहरु सहयोगीको रुपमा काम गर्न थालेको सामाजिक परिचालक संजय यादवले बताए । स्थानीय राजनीतिक दलका प्रतिनिधि, महिला समूह, युवा तथा शिक्षकहरुको सहयोगले गाउँमा सरसफाई सम्बन्धी अन्य कार्यक्रम संचालन गर्न निकै सहयोग पुगेको उनले भने ।
गाउँलेहरुबीच आपसी सम्झदारी गराएर व्यक्तिगत लगानीमा चर्पी बनाउन लगाइएको सामाजिक परिचालक संजयले जनाए । गाउँका सम्पन्न र धनी व्यक्तिहरुले चर्पी बनाइसक्दा पछि मात्र विपन्न तथा दलित जो आफ्ना लगानीमा चर्पी बनाउन सकिरहेको थिएन त्यस्तालाई चर्पी बन्ने गरी रचनात्मक सहयोग गरिएको उनले थपे ।
तराईको सात जिल्ला छिमेकी देश भारतको सीमासँग जोडिएका छन् । ती जिल्लाहरु मध्ये सीमावर्ती भेगमा भएर खुल्ला दिशामुक्त गाविस घोषणा गर्न लगाडी गदियानीले मात्र प्रथम स्थान हासिल गर्न सफल भएको छ । गाविसभरीका ९ सय ११ घरधुरीमा चर्पी बन्नुका साथै माध्यमिक विद्यालय १, प्राथमिक विद्यालय २, मदरसा १, सामुदायिक अध्ययन केन्द्र १, सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट १ सँगै गाउँका अन्य संघ÷संस्थाले चर्पी बनाएर नियमति रुपमा प्रयोग गरिरहेको खुल्ला दिशामुक्त गाविस घोषणा गराउन काम गरेका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिरहाले बताएको छ ।
खुल्ला दिशामुक्त घोषणा पछि त्यसलाई दिगोपना तथा पूर्ण सरसफाईको लागि आउदो परिषद्हरुमा सरसफाई सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने, स्थानीय रुपमा रहेका सार्वजनिक तथा संघसंस्थाको चर्पी सम्बन्धी संस्था वा स्थानीय रुपमा रेखदेख गर्ने गराउने, पूर्ण सरसफाई तथा व्यवहारमा परिवर्तन गराउनका लागि पुनरताजगी तालिमहरु संचालन गरिने, विद्यालयहरुको कार्य योजनामा अतिरिक्त क्रियाकलापको स्वरुप अनिवार्य रुपमा सरसफाई सम्बन्धी गतिविधि राख्न लगाउने लगायतका सरसफाई सम्बन्धी निर्णयहरु गरिएको गाविस सचिव कृष्णदेव यादवले बताए । (नवजागृति साप्ताहिक, असार २२)

No comments:
Post a Comment