Sunday, July 19, 2015

मोरङ ९ मा खड्ग फागो नै किन ?

ईश्वर भट्टराई, उर्लाबारी 
५ बर्षअघि मोरङ क्षेत्र नं. ९ का कांग्रेसजनमा बेग्लै रौनकता छायो । १२ औं महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको अभूतपूर्व ‘कांग्रेसी एकता’ यो क्षेत्रमा अन्य अधिवेशनभन्दा पृथक थियो । कारण, क्षेत्रीय सभापतिमा खड्ग फागोको उम्मेद्वारी ।
२०४६ सालको परिवर्तन यता एमालेको ‘बाघखण्ड’को रूपमा चिनिएको उत्तरपूर्वी मोरङ पछिल्लो पटक माओवादीको दवदवाले कांग्रेसजनहरू ‘कुहिरोमा हराएको काग’ जस्ता बनेका थिए । युवा नेता फागोको क्षेत्रीय सभापतिमा आगमन भएसँगै कांग्रेसलाई संजीवनी बुटी प्राप्त गरेझैं भयो । पार्टीलाई डो¥याउन फागोभन्दा अर्काे उपयुक्त पात्र यस क्षेत्रमा पाउन कठिन थियो नै । सम्भवतः यही कारण, उनलाई युवा र श्रमजीवी वर्गको साथ प्राप्त भयो । उनको उदयसँगै मोरङ ९ नं. क्षेत्रका कांग्रेसजनमा निक्कै उर्जा मिल्यो । फलतः उनले सभापति बनेको छोटो समयमा आफूलाई मात्र होइन पार्टीलाई पनि उचाइमा पु¥याए ।

खड्ग फागो धनकुटाका चर्चित नेता कमोट फागोको प्रेरणाबाट चारतारे झण्डा मुनी गोलबद्ध भएका हुन् । कालान्तरमा उनी मोरङ ९ को सचिव भए, उतिबेलै धेरै प्रभाव जमाउन सफल भए । युवाहरूका ढुकढुकी उनी जतिबेला क्षेत्रीय सभापति बने त्यसपछि सबैका आशा र भरोशाका केन्द्र बन्दै विश्वास जित्दै अघि बढे । कतिसम्म भने सिङ्गो क्षेत्रमै कसैलाई केही समस्या प¥यो, समाधान खोज्न फागो नै अग्रसर हुनुपथ्र्याे । उनलाई प्रत्यक्ष नदेखेकाहरूले पनि भन्ने गरेका छन् ‘उहाँ जतिको डाइनामिक फिगर भएको नेता क्षेत्र नं. ९ मा छैन ।’ अर्काेतर्फ पछिल्लो पटक नेतामा इमान्दारिताको खडेरी लागेको बेला उनलाई मुहान ठान्ने उर्लाबारीमा असरल्ल छन् । सरल व्यवहार, सहयोगी भावना र सबैलाई समभावले हेर्ने उनको स्वभाव एवं दृष्टिकोण आफैंमा प्रशंसनीय छ ।
यिनै कारण १३ औं महाधिवेशनको सरगर्मीसँगै उनको पक्षमा थप अभूतपूर्व लहर छाएको छ । खड्ग फागोलाई सर्वसम्मत रूपमै क्षेत्रीय सभापतिमा ल्याउन कांग्रेसजनले आंकाक्षा राखेका छन् । सभापतिमा विकल्प नभएको भन्दै फागोलाई सर्वसम्मत रूपमा नेतृत्वमा ल्याउनु पर्नेमा कार्यकर्ताको जोड छ । जसले गर्दा उनको सामु अन्य आकांक्षी फिक्का नै देखिएका छन् ।
उनको क्रियाशीलता, लोकप्रियता र संविधानसभा निर्वाचनमा खेलेको भूमिका उनको सभापतिको बलियो कडी हो । साथै केन्द्रमा उनको पहुँचले स्थानीय विकास निर्माणमा पनि सहज हुने स्थानीयवासीको विश्वास छ । सभापति फागो पार्टी बाहेक अन्य कुनै पनि पदमा नरहेको र ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको हितमा काम गर्ने नेता भएको कार्यकर्ताहरूको बुझाई छ । पार्टीमा स्पष्ट वक्ता र क्षमतावान नेता सभापति फागो भएको भन्दै सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
त्यसो त उनकै कुशलता एवं लोकप्रियताकै कारण भातृ संगठन चलयमान, पार्टीमा युवाको आकर्षण बढ्नुका साथै पहिलो पटक क्षेत्र नं. ९ मा चारतारे झण्डा फहराएको थियो । यति हुँदा हुँदैपनि उनमा पार्टीको उम्मेद्वार डिगबहादुर लिम्बूलाई हराउन लागेको भनेर आरोप पनि लागेको थियो । जसको उनले निरन्तर खण्डन गरे । निर्वाचनताका समयमा उनी आफैं पनि जनताको घरदैलोमा मत माग्न पुगेको अझैं पनि यस क्षेत्रका जनताको स्मरणमा ताजै छ । जसले गर्दा फागोमाथि लागेको आरोपको खण्डन गर्दै स्थानीयहरू उनको खुलेरै प्रशंसा गर्ने गर्दछन् । उनीहरू भन्छन्, ‘फाइदा खोज्ने अवसरवादीले यस्तो आरोप लगाए ।’
कार्यकर्ताकै भनाइलाई आधार मान्दा स्वार्थका पछाडि दौडिने कार्यकर्ताका कारण कांग्रेसको राजनीति केन्द्रदेखि नै तल्लो तहसम्म बिग्रदै गएको छ । दोस्रो संविधानसभाको निर्वाचनदेखि ९ नं. क्षेत्रमा गुटगत राजनीति धेरै मौलायो । फागो पक्ष र सभासद् डिगबहादुर लिम्बू पक्ष भन्दै कार्यकर्ताको कित्ता काटसमेत भयो । तर, हाल परिवर्तन आएको छ । फागोको लोकप्रियताका अगाडि सबै झुक्दै गएका छन् । विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई एकढिक्का भएर लैजान कार्यकर्ताको सुझाव छ ।
साथै कांग्रेसमा देखिएको अनेकौं गुटको चुनौतीलाई निस्तेज पार्नु अहिलेको कांग्रेसजनको मुख्य चुनौती हो । यसपटक फागो आफैंपनि गुटगत राजनीतिभन्दा माथि उठ्दै गएको पनि देखिन्छ । उनी आफैं पनि गुटगत राजनीतिलाई प्रश्रय दिन हुँदैन भन्ने मनशाय राख्छन् ।
फागोको पक्षमा क्षेत्र नं. ९ का अधिकांश गाउँका वर्तमान सभापति र सभापतिका दाबेदारहरू पनि देखिएका छन् । वर्तमान जिल्ला सभापति अमृत अर्याल, क्षेत्रीय कमिटीका पदाधिकारी तथा क्षेत्रका विभिन्न निकायका पदाधिकारीहरूले पनि सभापतिमा पुनः फागोको आवश्यकता महशुस भएको भन्दै निर्विकल्प सभापति भएको बताएका छन् ।
फागोको विपक्षमा चाहिँ को को ?
राम्रो काम गर्ने मान्छेको खुट्टा तान्ने प्रवृत्ति कुनै नौलो कुरा होइन । यहाँ पनि फागोलाई क्षेत्रीय सभापतिमा ल्याउन हुँदैन भनेर केही सीमित नेता खुलेरै लागेका छन्, कारण उनको लोकप्रियता । तर, उनको पक्षमा जति छन्, यसले नै उनलाई सभापतिमा निर्वाचित गर्न काफी छ । उनीविरूद्ध लागेकाहरूले आफ्नै खुट्टामा बञ्चरो हान्ने सिवाय केही नगरेको कार्यकर्ताको बुझाइ छ । आगामी अधिवेशनमा उनी विरूद्ध सभासद् डिगबहादुर लिम्बूसहित, उर्लाबारीका नव धनाढ्य प्रकाश खड्गी, कांग्रेस जिल्ला सदस्य प्रकाश थापा, विवादास्पद छविकी सावित्रा तामाङ, उर्लाबारी–३ का वडा सभापति बाजाहाङ राई, उर्लाबारी–३ का कार्यकर्ता चिन्तामणि पौडेल मात्र रहेका छन् ।

No comments:

Post a Comment