Saturday, September 5, 2015

मधेशलाई सधैभरी वेलास्ता गरीरहे काठमाडौंसँगको सम्बन्ध टुट्न सक्ने ः यादव र ठाकुर

लहान । सरकारसँग बार्ताको कुनै औचित्य नरहेको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएको छ । मधेशी संयुक्त मोर्चाद्वारा सिरहाको मिर्चैयामा आयोजित ‘मधेश मुक्त महाकुम्भ’ कार्यक्रममा अध्यक्ष यादवले मधेशीसँग विगतमा भएको सहमति कार्यान्वयन गरे आन्दोलन  त्यसै रोकिने ठोकुवा गरे ।
मधेश आन्दोलनपछि भएको २२ बुदे र ८ बुदे सम्झौता लागु भए कसैसँग बार्ताको आवश्यकता नभएको यादवले बताए । उनले भने ‘हाम्रो सरकारसँग नयाँ कुनै माग छैन, विगतमा भएका सम्झौता लागु गर्ने र तराईमा  अहिले परिचालन गरेको सेना र सशस्त्रलाई  फिर्ता बोलाए आन्दोलन स्थगित हुन्छ ।’
संवोधनकै क्रममा यादवले मधेशसँग वितमा भएको सहमतिको वेवास्ता गरी सविधानजारी गरे मधेशको घरघरमा सविधान जल्ने बताए । उनले भने ‘सत्तापक्ष संविधान जारी गर्न जति आतुर छन्, हामीपनि जारी होस् भन्ने पक्षमा छौं । मधेश, दलित, मुस्लिम, जनजातिलाई वेवास्ता गरी संविधान जारी गरे हामीले पनि सलाई किनेर राखेको छौं , मधेशको घरघरमा जलाउँछौं ।’


मधेशलाई सधैभरी वेलास्ता गरीरहे काठमाडौंसँगको सम्बन्ध टुट्न सक्ने

अहिले आन्दोलन शान्ति पूर्ण भएको भन्दै मधेशलाई वेवास्ता गरी संविधान जारी गरे त्यसको परिणाम भयावह हुने बताए । उनले भने ‘मधेशीहरु अहिले पनि आशावादी छन्, मधेशीको धैर्यताको बाँध टुटेभने मधेशीले आफुनो हक लिन जानेको छ ।’ आफ्नो अधिकारको लागि मधेशीहरु जस्तो सुकै कदम उठाउन तयार रहेको यादवले बताए ।
मन्तव्यकै क्रममा यादले मधेश विरोधीहरुले वार्ताको लागि काठमाडौं गएको हल्ला चलाएको प्रति रोष प्रकट गरे । उनले भने ‘म र महन्थ ठाकुर सरकारसँग वार्ताको लागि गएकै होइन, मधेश आन्दोलन विरोधी अफ्वाहा फैलाएकोले विदेशी कुटनीतिहरुसँग छलफलको लागि गएका यौं, त्यही काम सकेर फर्कियौं ।’
सोही क्रममा यादवले आन्दोलनका सहकर्मी राजेन्द्र महतो प्रति इङित गर्दै हामीहरुप्रति गलत प्रचार गरेकोमा दुःख व्यक्त गरे । उनले भने ‘विरोधीले त भन्नु भयो भयो आफ्नै सहकार्यमा रहेकाहरुले पनि गलत कुराको विश्वास गरे ।’
कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुलाई २२ हातको धोती चाहिन्छ, च्यातिएको लङ्गौटीमा नभुलिने बताए । उनले भने ‘हामीलाई तराईको २२ जिल्लाको स्वायत मधेश चाहिएको हो, हामीलाई टुक्र्याउने कोशिस भए त्यसको परिणाम खराव हुन्छ ।’
सोही क्रममा उनले मधेशलाई सधैभरी वेलास्ता गरीरहे काठमाडौंसंगको सम्वन्ध टुट्न सक्ने बताए । उनले भने ‘सधैभरी मागी रहनु पर्ने अवस्था आए मधेशले काठमाडौंसँग सम्वन्ध विच्छेद गर्न सक्छ ।’
कार्यक्रममा  तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द राय यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका विभिन्न भागबाट आएका हजारौं जनसमुदायको सहभागीता रहेको थियो । नेपालसन्देश


No comments:

Post a Comment