Thursday, September 3, 2015

मधेशीका माग पूरा नगरे नाकाबन्दी गर्ने भारतीय पक्षको धम्की

मधेशी जनताका माग पूरा नगरे  नेपाललाई सबै प्रकारको नाकाबन्दी गर्ने भारतीय पक्षबाट धम्की आएको छ ।
भाजपाका अध्यक्ष तथा भारत सरकारका गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भारतीयहरु रहेको र उनीहरुको सुरक्षा भारतले गर्छ भन्ने विवादास्पद अभिव्यक्ति दिएको केही दिनपछि नै तल्लो तहबाट नाकाबन्दीको धम्की आएको हो ।
नयाँ संविधान निर्माणको क्रममा तराईमा जारी आन्दोलनलाई सफल पार्न सहयोग गर्ने भन्दै भारतीयहरुले धम्की दिएका हुन । नेपाली सीमावर्ती क्षेत्र रक्सौलका स्थानीय वासिन्दाले मधेशवादीको माग पूरा नगरे नेपालतर्फको सम्पूर्ण ढुवानी ठप्प गरेर नाकाबन्दी गर्ने धम्की दिएका हुन ।

स्थानीय पोस्ट आफसीचोक नजिकै बुधबार नागरिक चेतना मञ्च र भारत नेपाल मैत्री संघले एक भेला नै आयोजना गरेर तत्काल समस्या माध्यमबाट हल खोज्न र दमन रोक्न चेतावनी दिएका छन ।
नागरिक सचेतना मञ्चका अध्यक्ष प्रो. डा. अनिल कुमार सिन्हाको अध्यक्षतामा भएको भेलामा स्थानीय व्यापारीसहित सयौंको उपस्थिति रहेको थियो ।
अध्यक्ष सिन्हाले नेपाल सरकारले मधेशी जनतामाथि गोली, टियरग्याँस र लाठीले निर्मम दमन गरेको भन्दै  तत्काल माग पूरा नगरे रक्सौलबाट हुने सबै प्रकारका ढुवानी रोकेर नाकाबन्दी गर्ने धम्की दिए । 
तराई क्षेत्रमा प्रहरी प्रशासनले मानवअधिकारको उल्लंघन गर्दै चलाएको गोलीबाट आफ्ना नातेदार मारिएको बताउदै सिन्हाले यो अवस्थामा चुप लागेर बस्न नसकिने भन्दै नेपालका मधेसिहरुसंग रगतको सम्बन्ध रहेको बताए । स्मरण रहोस करिब २७ बर्षअघि २०४५ सालमा समेत भारतले नेपाललाई नाकाबन्दी गरेको थियो । ननस्टपखबर

No comments:

Post a Comment