Saturday, September 5, 2015

तराई मधेसका कांग्रेसी सभासद्को प्रस्ताव मधेसमा ३ प्रदेश

तराई मधेसका ४३ कांग्रेसी सभासद्ले तराईमा ३ प्रदेशको सीमाकंन हुनुपर्नेलगायत माग राख्दै  संविधान विधेयकमा संशोधन प्रस्ताव राख्न पार्टीलाई सुझाव दिएका छन् । उनीहरुले पार्टीको संसदीय दलको कार्यालय र प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई सुझाव पत्र बुझाएका हुन् ।

उनीहरुले संविधानमै राष्ट्रिय मधेसी, मुश्लिम, आदिवासी जनजाति, थारु आयोग गठनको व्यवस्था हुनुपर्ने, जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने, न्यायपालिकाको सम्पुर्ण नियुक्ति समानुपातिक समावेशीको आधारमा हुनुपर्ने, राज्यका सवै तह र अंगमा महिला, जनजाति, मधेशी, मुश्लिम, अल्पसंख्यक र पिछडाबर्गको प्रतिनिधित्व समानुपातिक र समावेशीका आधारमा हुनुपर्नेलगायत माग राख्दै विधेयक संशोधनका लागि सुझाव दिएका हुन् । पार्टीको निर्देशन अनुसार हामीले दलको कार्यालय र प्रधानमन्त्रीलाई संविधान विधेयकमा संशोधन गर्नका लागि सुझाव दिएका छौं, जनताको पार्टी भएकाले यी सुझाव पार्टीले संशोधन प्रकृयामा अघि बढाउँछ भन्ने विश्वास छ
, सभासद् रामकृष्ण यादवले भने, अन्य पार्टीलाई समेत यी मागका बारेमा कन्भिन्स गराएर नयाँ संविधानमा समावेश हुन्छ भन्ने विश्वासमा आधारमा सुझाव दिएका हौ ।
पार्टीले व्यक्तिगत रुपमा संविधानसभाको विधेयक शाखामा संशोधन प्रस्ताव नहाली पार्टीको संसदीय दलमा बुझाउन निर्देशन गरेको थियो । कांग्रेस नेता शेखर कोइरालाले चाँहि सिधै विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार दलको कार्यालयमा शुक्रबार साँझ ५ बजेसम्म सभासद्हरुलाई संशोधन प्रस्ताव दर्ता गराउने समय दिइएको थियो । कान्तिपुर

No comments:

Post a Comment