लहान । घरेलु तथा सना उद्योग कार्यालय लहानले नियम मिचेर उद्योगको प्रमाण पत्र वितरण गरेको पाईएको छ । ग्यारेज, सहमिल, गृल उद्योग, होटल लगायतका उद्योगको प्रमाण पत्र वितरणमा व्यापक अनियमितता भएको पाईएको छ ।
भ्रष्टाचार निवारण ऐन ०५९ ले शिक्षकलाई उद्योग, ब्यापार गर्न रोक लगाएको छ । तर, घरेलुले शिक्षकलाई उद्योगको अनुमति पत्र दिएको पाईएको छ । ०६८ माघ ३ गत्ते माध्यमिक विद्यालय महदेवा पोर्ताहाका शिक्षक भोलाप्रसाद यादवको नाममा घरेलु तथा साना उद्योग कार्यालय लहानबाट शुभलक्ष्मी वढी विल्डर्स नामक उद्योगको प्रमाण पत्र जारी भएको पाईएको छ ।
‘राष्ट्रसेवकलाई उद्योगको प्र्रमाण पत्र प्राप्त गर्न कानुनले बिन्देज लगाएको थाहा छ ,’ उद्योग अधिकृत राजेन्द्र लाल कर्णले भने, ‘सबै ठाउँमा नियम कानुन भिराएर हुदैन, अरु कुरा पनि हेर्नुपर्छ ।’
कुनै पनि उद्योग स्कुल कलेज मठ मन्दिर, अस्पतालबाट कम्तीमा पाँच सय मिटर टाढा सँचालन हुनुपर्ने कानुनी प्रावधान छ । तर, यहाँ यो नियम पनि मिचिएको छ ।
कुनै पनि उद्योग स्कुल कलेज मठ मन्दिर, अस्पतालबाट कम्तीमा पाँच सय मिटर टाढा सँचालन हुनुपर्ने कानुनी प्रावधान छ । तर, यहाँ यो नियम पनि मिचिएको छ ।
लहान–३ मा सञ्चालीत ए टु जेड, विबेक लगायत नाम नभएका उद्योग र कारखानाहरु कलेज, स्कुल, अस्पताल तथा मठमन्दिरमा टाँसिएर सँचालन भैरहेको पाइएको छ ।
घुस दिए नियम कानुन छेउ लगाएर काम हुन्छ एक व्यपारीले भने, ‘अख्तियारको डरले घुसको मामिलामा धेरै ठाउँमा सुधार आएको छ, तर यहाँ उल्टो छ ।’ ०६९ मंसिर १८ गते दर्ता भएको सन्तोषी स–मिल भगवानपुर र ०६९ पुष २० गते दर्ता भएको जयबाबा विश्वकर्मा स–मिल हरकट्टी सिमा नजिकै छ । अन्तराष्ट्रिय सिमानाबाट पाँच किलोमिटर भित्र स–मिल सञ्चालनको अनुमति नपाईने नियम छ । —नेपालसन्देशडटकम
No comments:
Post a Comment