Tuesday, August 26, 2014

माध्यमिक तहमा गर्दै अधिकांश छात्रा विवाह, रेडक्रसको अभियानले असर गरेन्

शम्भु यादव
लहान । सिरहा सदरमुकामदेखि झन्डै ७÷८ किलोमिटरको दूरीमा रहेको अर्नमा प्र.पी. –९ हरकट्टाकी रुवी कुमारी महतो सिद्धिचरण मावि अर्नमामा कक्षा ८ मा पढ्दै थिइन् । उनी कक्षा ८ मा पढ्दापढ्दै त्यही कक्षामा पढ्ने हरि शर्मासँग माया बसेको पतो नै भएन । उनीहरुको माया प्रेम कक्षा १० सम्म पुग्यो ।
भरखर १६ वर्षको किशोरावस्थामा के ठीक के बेठीक छुट्याउनै नसक्ने उमेरमै मायामा परेकी रुवी अन्जानमै नयाँ जीवनको सुरुवात गर्ने निर्णय गरिन् । एसएलसी परिक्षा दिएर नतिजाको प्रतिक्षा पनि नगरेर प्रेममा फसेको रुवीले हरिसँग भागेर प्रेम विवाह गर्न पुगिन् । प्रेम विवाह गरेर आफन्तसँग पनि छुटनु परेको थियो । विवाह गरीसकेपछि नतिजा आयो, दुवै पास भयो । तर अगाडि पढ्न सकेनन् उनीहरु, आर्थिक समस्याले गर्दा । विवाह भएकै केही दिनमै रुवी आमा बनेकी छिन् ।
हेर्दा आमाबाबुसँगै काखमा बसेर पढाइ र पालनपोषण पाउनुपर्ने उमेरमा रुवीमाथि बच्चाकै लालनपालनको जिम्मेवारी आइपुगेको छ । छोरा पाएकी उनलाई अहिले एकातिर आमाको भूमिका निभाउनुपर्ने र अर्कोतिर आर्थिक सङकटले गर्दा पढाइ नै अवरुद्ध भएको भयो । कति पटक प्रयास गर्दा पनि ‘प्लस टु’ सम्म पढ्न सकेन, हरि र रुवी । पढाई छोडेर हरी अन्ततः गत साउन २२ गते पैसा कमाउन विदेशिए ।

सानै उमेरमा गर्भवती भएर आमा बनेकी उनलाई शारीरिक अप्ठ्यारोमात्र छैन पढाइसमेत छोड्नुपर्ने अवस्था आयो । बच्चा र आफ्नो स्याहारको जिम्मेवारी थपिएको छ । माया बसेपछि दुवैको सल्लाहमा बिहे गरेको रुवी बताउँछिन् । सानैमा बिहे गर्दा पढाइ र आफ्नो जीवनमा समस्या पर्छ भनेर सोचिएन उनले भनिन् ।
यस्तै, लहान १० की पुनम कुमारी पासमान कक्षा ९ मा पढ्दै गर्दा आमावुवाले विवाह गरिदिए । एसएलसी पास गर्ने सपना थियो । अव पुरा हुन्छ की हुदैन बताउँछिन उनी । उनी पशुपति आर्दश उच्चमाविमा अध्ययनरत छिन् ।
रुवी र पुनममात्र होइन, यतिबेला सिरहाका अधिकांश छात्रालाई सानै उमेरमा विवाह हुने गरेको बालमन्दिर माविका प्रधानाध्याप्क श्रीनारायण यादव बताउँछन् । सानै उमेरमा कोही सिन्दूर हालेर विद्यालय आउने र कोही बालबच्चाकी आमा बनेर पढ्नै छोड्ने गरेको उनले बताए ।
सानैमा आफूखुसी बिहे गरेर छात्राहरु ७र८ कक्षामै गर्भवती हुने र विद्यालय छोड्ने गरेका पाइएको छ । कक्षा ८ र ९ मा पढ्ने धेरै छात्रा गर्भवती भएर पढ्न आउनै छाडेका छन् उनले भने । कृष्णपुर ७ की सुनिता यादव मावि कृष्णपुरमा कक्षा ९ मा पढ्छिन् । उनले पनि गत वैशाख १२ गतेमा विवाह गरिन् । यसरी विद्यालयमा धेरै विवाहित छात्रा आउने गरेको प्रधानाध्पापक यादवले बताए ।
कानुनले बालविवाहलाई गैरकानुनी र दण्डनीय भने पनि गाउँमा बालविवाहको चलन बढेको नेपाली काँग्रेसका जिल्ला सदस्य रामकिशोर यादवले बताए । आमाबुबा, शिक्षक र अन्य अभिभावकबाट उचित परामर्श नपाउँदा सानै उमेरमा बिहे गर्नेहरु बढेको उनको बुझाइ छ । केही आफैँ निर्णय गरेर र केही बाबुआमाकै सल्लाहमा सानै उमेरमा बिहे गर्छन् उनले भने ।
जिल्लामा बालविवाह गर्ने प्रवृति बढ्दो रहेको छ । यसलाई रोक्न जिल्लाभरि नै जनचेतना फैलाउने काम भइरहेको भएपनि बाबुआमा र अभिभावकले सशक्त भूमिका नखेलेसम्म यो चलन रोक्न गाहे पर्ने उनको ठम्याइ छ ।
असर गरेन रेडक्रसको अभियान
कानुनले बालविवाहलाई गैरकानुनी र दण्डनीय भनेको छ । नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाले पाँच वटा गाविसमा वालविवाह निषेधित क्षेत्र बनाउँन अभियान चलाएको छ तर त्यही गाउँहरुमा वालविवाह रोकिएको छैन् ।
विगत दुई वर्षमा हकपारा गाविसको २ वडामा मात्रै २५÷३० वटा वालविवाह भएको स्थानीय जयराम यादवले बताए । उनले,‘रेडक्रसले गाउँमा अभियान चलाएको धेरैलाई थाहा नै छैन् भने ।’ दिनदिन महगी बढ्दै गइरहेको छ । अभिभावकले पनि छोरीलाई बोझकै रुपमा लिने गर्छ, अनि सानै उमेरमा नै विवाह गरिदिन्छ जयरामले सुनाए ।
यस्तै कृष्णपुरमा मात्रै दुई वर्षमा ५० भन्दा बढी वालविवाह भएको अरविन्द यादले बताउँछन् । यादले,‘ गाउँ वालविवाह रोक्न कसैले प्रहरी÷प्रशासनलाई उजुरी गर्दैन, अभियानले पनि केही असरको नगरेको भने । सन्हैठा गाविसको गायत्री यादवको पनि जेष्ठ ३० गते विवाह भएको छ । उनी माध्यमिक विद्यालय सन्हैठाको कक्षा ९ मा पढदै छिन् ।
पहिलेको तुलनामा अहिले १३ प्रतिशत मात्र वालविवाह हुने गरेको रेडक्रस सभापति राजदेव यादवले दावी गरे । उनले भने,‘पहिले ३२ प्रतिशत वालविवाह हुने गरेको थियो । २०१५ सम्म अभियान चल्ने सभापति यादवले सुनाए । जिल्लाको कृष्णपुर, हकपारा, लगडीगदियानी, इटाटर र सन्हैठा गाविसमा रेडक्रसले वालविवाह मुक्त क्षेत्र अभियान चलाएको छ । अभियानमा ¥याली, सडक नाटक लगायतका कार्यक्रम गरेका छन् । २०१२ देखि अभियान चलिरहेको छ ।

No comments:

Post a Comment