लहान । छोरीलाई पनि छोरासरह पढाउन थालेपछि सिरहाका सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढेको छ ।
सरकार र विभिन्न संघसंस्थाले गाउँ गाउँमा संचालन गरेको बालकक्षामा छात्र बढी भएपनि विद्यालयमा छात्राको संख्या अधिक रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याकंले देखाएकोे छ ।
सिरहामा उच्च मावि ३८, मावि ३४, निमावि ५३ र प्रावि ३०३ वटा रहेको छ । सिरहामा कुल विद्यार्थीे संख्या १ लाख ४० हजार २ सय २३ रहेका शिक्षा कार्यालयले जनाएको छ ।
जसमध्ये ७२ हजार ४ सय ८० जना छात्रा र ६७ हजार ७ सय ४३ छात्र रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकले देखाएको छ । कुल विद्यार्थीमध्येको ४ हजार ७ सय ३७ छात्रा वढी रहेको देखिन्छ । यो तुलनात्मक रुपमा करीब चार प्रतिशतले छात्राको संख्या बढी हो ।
सरकारले पछिल्लो समय बालिकाशिक्षालाई प्रोत्साहनस्वरुप आरक्षणलगायत व्यवस्था गरेपछि सामुदायिक विद्यालयमा छात्रासंख्या बढेको जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले बताए ।
अभिभावकमा छोरीलाई समान व्यवहार गर्नुपर्ने चेतनाबोधले यो आँकडा बढाएका चन्द्र उच्च माध्यमिक विद्यालयका मकसुद कर्ण बताउछन् । www.nepalsandesh.com
No comments:
Post a Comment