Wednesday, August 27, 2014

प्रहरीद्वारा गाँजा र सुपारी बरामद

लहान । जिल्ला प्रहरी कार्यालय सिरहाले इटाटार १ स्थित महेन्द्र प्रसाद यादवको धान खेतमा परालले छोपेर
राखेको अवस्थामा ७५ किलो ६ ग्राम गाँजा फेला बरामद गरेको छ । गाँजा राख्ने व्यतिmको खोजी कार्य जारी रहेको प्रहरी उपरिक्षक पुर्णचन्द्र जोशीले बताए ।

यस्तै, इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती प्रहरी टोलीले खिरौना १ बाट साइकलमा भारततर्फ लाँदै गरेको अवस्थामा २५ किलो सुपारी बरामद गरेको छ । प्रहरीलाई हेरेपछि साइकल सवार व्यक्तिले सुपारी छोडी फरार भएको छ । सुपारी र साइकल जिल्ला भन्सार कार्यालय माडरमा बुझाईएको  प्रहरीले जानकारी गराएको छ ।
यसैविच, माडर १ का जिवछ महतो र सोही ठाउँका राम शरण महतोको घरमा अवैध घरेलु रक्सी बनाउने मेसिन २ थान, रक्सी पार्ने ड्रम २ थान र रक्सी पार्ने भड्डु २ थान बरामद गरी प्रहरीले नष्ट गरेको छ ।
प्रहरीले इनर्वा ४ तथा लाहान ३ स्थितमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याइरहेको भुजिया, चक्लेट, बिष्कुट लगायतका २५ हजार मुल्य बरावरको किराना समान बरामद गरी  भन्सार कार्यालयमा बुझाइएको छ ।

No comments:

Post a Comment