Friday, August 22, 2014

सरकार नगर्ने, प्रतिपक्षी कराउने मात्रै !



मस्त केसी, काठमाडौं । नेताहरु भाषणमा जहिले भन्ने गर्छन् राजनीति जनताको सेवा हो । तर हाम्रा राजनीतिक दल र तिनका नेताले राजनीतिलाई भाषणमा मात्रै सीमित राखेका छन् । राजनीतिका नाममा नेताहरु ३ ‘प’ अर्थात पैसा, पावर र प्रतिष्ठा आर्जन गर्ने माध्यमतिर मात्रै लागेको देखिन्छ ।
राजनीति गर्नु भनेको कुनै पार्टीको सदस्य हुनु वा सिद्धान्तकोपछि लागेर कुद्नु मात्रै हैन् । राजनीति गर्नेहरुले परेको बेला आफ्नो क्षमता, साहस, कुशलता, बुद्धि, विवेक सबै प्रयोग गर्ने क्षमता राख्नुपर्दछ । हाम्रा राजनीतिक दल र तिनका नेता कति गैह्र–जिम्मेवार र विवेकहीन छन् भन्ने कुरा देशमा घटेका पछिल्ला विपत्तीका घटनाले पुष्टि गरिदिएको छ ।
समस्यामा परेका जनताहरुका विचमा सहभागी हुन त के एउटा प्रेस विज्ञप्ती समेत निकाल्न हप्तौं लाग्यो हाम्रा राजनीतिक पार्टीहरुलाई । सिन्धुपाल्चोकबाट सुरु भएको विपत्तीले मध्यपश्चिमका तराई जिल्ला दाङ, बाँके, बर्दिया, सुर्खेत सहित झण्डै २५ जिल्ला पूर्ण रुपमा प्रभावित भएका छन् । यी बाहेक अन्य जिल्लामा भएका सानातिना विपत्ती त समाचारमै आएनन् । देशमा यति ठूलो विपत्ती हुँदा हुँदा पनि सरकार मुखदर्शक बनेर बसिरह्यो न कुनै राजनीतिक दलले दबाब नै दियो ।
हो–हल्ला, झै–झगडा अनि बन्द, हड्ताल गर्दा सडकका चोक–गल्लीमा पुग्ने कार्यकर्तालाई पीडीतको उद्दारमा खटाएको भए जनता कति आभारी हुन्थे होला । काँग्रेससँग तरण दल छ, एमालेसँग युवा संघ छ, एमाओबादीसँग वाइसिएल छ खोई त तिनको प्रयोग गर्न सकेको ? ढिलै भएपनि नेकपा एमालेले प्रत्येक केन्द्रिय सदस्य बराबर ७ हजार रकम बाढी पिडितलाई छुट्याउने निर्णय ग¥यो तर त्यो लगन पछिको पोते जस्तै भएको छ ।
सामान्य रुखा र खोकी लागेको बेला बिदेशका महङ्गा अस्पतालमा एउटै नेताको लागि लाखौं खर्च गर्ने सरकारले हजारौं वेपत्ता र पिडित हुँदा समेत सोही बराबरको रकम छुट्याउन सकेन् न समयमै उद्धार गर्‍यो न राहत पु¥यायो । सरकार यति सम्म निरीह छ की अहिले सम्म विस्थापित र वेपत्ता हुनेहरुको संख्या यकिन हुन् सकेको छैन् । खोकी लाग्दा विदेशी अस्पताल धाउने नेताहरुले बाढी पहिरोबाट दुई सय भन्दा बढिको ज्यान जाँदा समेत एउटा शोक व्यक्तव्य निकाल्न सकेनन् ।
पीडितको उद्धार, घाइतेको उपचार, विस्थापितका लागि बसोबास तथा खानपान र भविष्यमा निम्तिन सक्ने महामारीको लागि उपचार टोली सम्बन्धित क्षेत्रमा सरकारले तत्काल पठाउनु पर्ने हो जसको लागि नेपाल सरकार सक्षम छ तर कुनै पनि काम प्रभावकारी तरिकाले हुन् सकेको देखिदैंन् । सरकार समस्यामा परेका जनताको समस्या बुझ्ने र तुरुन्त समाधान गर्न तर्फ लाग्नुपथ्र्यो लागेन । केही दिनलाई संसद बैठक रोक्ने र जिल्लालाई संकटग्रस्त घोषणा गर्ने बाहेक सरकारले केही गरेको छैन् । संसद बैठक रोक्दैमा र संकटग्रस्त क्षेत्र घोषणा हुँदैमा पीडितकोमा राहत पुग्दैन्, जनधनको क्षतीको आपूर्ती हुँदैन र विस्थापितको भोको पेट भरिदैन् । त्यसको लागि सरकार तत्काल क्रियाशील भएर पीडितको घरदैलो सम्म पुग्नै पर्छ ।
कुन नेतालाई रुघा लागेको छ, कसलाई ज्वरो आएको छ ? उपचार गर्न कहाँ पठाउने भन्ने धाउन्नले सरकारलाई यो विषयमा सोच्ने फुर्सद छैन् । मध्यपश्चिमका जनताहरु रातभर घरका छतमा बस्न बाध्य छन् । अन्नपात, लुगाफाटा, घरखेत केही छैन् । सुनकोशिको तालले कतिबेला फेरी संकट निम्त्याउने हो भन्न सकिन्न । हजारौं बिघाहा जमिन बगरमा परिणत भएको छ तरपनि सरकार अझै मौन छ । यतिबेला सरकार कसका लागि जनताको लागि कि मन्त्री प्रधानमन्त्री बन्नका लागि मात्रै भन्ने प्रश्न खडा भएको छ ?
यस्ता विपत्तीको बेला सरकार संकट क्षेत्र घोषणा गरेर मात्रै बस्न मिल्दैन् । तत्काल उद्धार र राहतको बाटो पहिल्याउनु पर्छ र सम्बन्धीत निकायमा निर्देशन दिनुपर्छ । हैन् भने जनताको समस्यामा आँखा छोपेर बस्ने हो भने सत्तामा बसिहरनुको कुनै अर्थ छैन् । प्रतिपक्षले पनि यो विषयमा सकारात्मक भएर सरकारलाई बाटो देखाउने र सहयोग गर्नुपर्दछ ।www.nepalsandesh.com

No comments:

Post a Comment