Friday, February 27, 2015

महिलाको पत्रकारितामा सक्रियता बढ्दै

जया सिंह
तालिममा सहभागी महिला पत्रकारहरु ।
लहान । जनकपुरमा महिला पत्रकार उमा सिंहको हत्या पछि तराई मधेशमा महिला पत्रकार संख्यामा कमि आएको थियो । केही समय देखि त्यो संख्यामा वृद्धि भइरहेको छ । प्रत्येक शहर बजारमा रेडियो, पत्रपत्रिकाको  प्रसारण र प्रकाशन बढेसँगै महिला पत्रकारको संख्या बढ्दै गएको छ । लहानमा भइरहेको रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि तालिमा महिलाहरुको सहभागिताले देखाएको छ । तालिममा पुरुष भन्दा महिलाको सहभागिता बढी छ ।


गाउँघरका महिलाहरुको समस्याहरु रेडियो मार्फत वाहिर ल्याउनको लागि आफु रेडियो पत्रकारितामा आएको समाद रेडियोकी निभा सिंहले सुनाईन । उनले, पहिलो पटक रेडियो जाँदा डर लाग्थ्यो, पछि काम गर्दै जाँदा डर हराएको भनिन् । यस्तै, रेडियो सल्हेशकी कविता खापाङ्गीले, पढाईको खर्च धान्नको लागि रेडियो काम गरेको बताईन । पैसा नभएर पढन अवसर पाउँदैन्थ्यो, अहिले रेडियोबाट भएको कमाईले पढाई निरन्तरता पाएको उनले सुनाईन ।
यस्तै रेडियो समग्रमा कार्यरत रंजिता सिंहले पत्रकारिता क्षेत्र चुनौतिपूर्ण क्षेत्र रहेतापनि यसबाट छुटै पहिचान बनाउन सहजता छ । पत्रकारिताले चौतर्फी ज्ञान अभिवृद्धि भएकाले अनुभव सुनाइन ।  आफुले सुरुमा समाचार बाचिकाको रुपमा काम गरेपनि विस्तारै समाचार लेखन र कार्यक्रम उत्पादन लगायतका काम गरिरहेकोले अहिले यो क्षेत्रमा लागेर खुशीको अनुभूति भएको बताइन् ।
महिलाहरु आफु भित्र रहेका प्रतिभा, समाजमा रहेका विकृतिहरुलाई उजागर गर्नको लागि पत्रकारिता क्षेत्रमा अग्रसर भएको छ । महिलाहरुले आफ्नो परम्परा भन्दा छुटै पहिचान बनाउन चाहेर पत्रकारितामा आएको रेडियो फुलवारीकी अध्यक्ष डा. मन्जुला गिरीले बताईन । र त्यो पत्रकारितामा सम्भव रहेको उनको भनाई छ ।

No comments:

Post a Comment