Thursday, February 26, 2015

सरकार ! हामी कहिले सम्म कुटाई खाने ?

लहान । सिरहाको पडरीया–४(हाल लहान–११) लवटोली यहाँ १६ घरपरिवार दलित भुमिहिनहरुको वस्ती छ । यो गाउँमा जाँदा वालवालिकाहरुले औषधी र खानेकुरा माग्छ र अलिक उमेर भएका भन्छ, ‘सरकार हामीलाई यहाँ स्थानीय जिमदारहरुले कहिले सम्म कुटछ ?’ जमिनदारको कुटाईबाट जोगाइदिनु ।


यहाँका दलितहरुले पडरिया गाविस भएकै वेला ऐलानी जग्गामा घर बनाइएको छ । अहिले नगरपालिका भएको हो । ऐलानी जग्गाको पछाडी जग्गा भएको जमिनदारहरुले वस्तीका दलितहरु वारम्वार कुटदै आएको छ । यिनिहरुलाई कुटेपछि प्रहरी, राजनितिक दल र नगरपालिका कार्यालयमा पटक–पटक गुनासो गरेपनि कुटने क्रममा रोकेको छैन् ।
पछिल्लो समय एक सय रुपैया नदिएको निहूँ देखाएर मगरु सदायलाई स्थानीय विनोद चौधरीले कुटपिट गरेको हो । सडकमा घिसार्दै कुटपिट गरेपछि मगरुको दाया“ हात भा“चेको छ । उनको उपचार लहानस्थित सप्तऋÈि नसिंर्ग होममा भईरहेको छ । तर आर्थिक अभावका कारण उनको उपचार भने प्रभावित बनेको पीडित परिवारले जनाएको छ । मगरु अस्पतालका भर्ना भएका बेला उनका श्रीमति रामतला सदाय ऋण खोज्न धनीहरुको घर चहार्दै हिडेकी छन् ।
अर्काको घरमा काम गरेर जीवन चलाउँदै आएका मगरु अस्पताल भर्ना भएपछि अहिले खान र पिउन पनि समस्या भएको छ । मगरुका श्रीमति रामतलाले भनिन्– श्रीमानको उपचार गराउ“दा गराउ“दै घरमा भएको ५ हजार बढी रुपैया खर्च भइसक्यो । अब ऋण खोज्दैछु ।
चार वर्ष अगाडि चौधरीको किराना पसलमा मगरु एक सय रुपैया“को सामान खरिद गरेका थिए । सोही बहानामा चौधरीले रकम किन नदिएको भन्दै मगरुलाई कुटपिट गर्यो । तर कुटपिटको कारण भने अर्कै भएको स्रोतको दावी छ । स्रोतका अनुसार मगरु लगायतका करिब १६ घर सुकुम्बासी छन् । बसोबास गरिरहेको जग्गा ऐलानी भएपनि स्थानीय ठुला भनाउदाहरु आफ्नो भएको भन्दै पटक पटक धाकधम्की लगाएर खाली गर्न चेतावनी दिएका छन् र खाली नगरेपछि कुटपिटमा उत्रेका छन् ।
सरकारको विपन्नका लागि ‘जनता आवास कार्यक्रम’ को नाममा यो वस्तीमा घर परेको छ । सरकारी पक्कि घर बन्ने भएपछि थोरै ऐलानी पर्ती जमिनमा सुकुम्वासी जिवन विताईरहेका विल्टा सदायले पुरानो छाप्रो भत्काएका थिए । जमिन अभावले पुरानो घर भत्काउन बाध्य भयौ विल्टा सदा भन्छन्,‘ अहिले पछाडिको जमिनबालाले अबरोध गरेपछि हाम्रो विजोग भएको छ । घर बनाउन खोज्दा जमिनदारहरुले पटक–पटक कुट्ने गरेको बताउँछ ।

केही दिन अगाडि घरमा वसिरहेको बेला पडरिया टोलका दैता चौधरी घरमा प्रवेश गरि आफुलाई कुटपिट गरेको कुमारी सदाले बताईन । मेरो जमिनको अगाडिबाट घर उजाडेर जा भन्दै आफुमाथि कुटपिट गरे सदाले गरिविसंग जिवन जोड्दै भनिन,‘वर्षौ भैसक्यो यहाँ वसेको, यो यहाँबाट कहाँ जाउ ?’
सुकुम्वासीको गुहारःजमिन्दारबाट जोगाईदिनुस्
पडरीया टोलका सुकुम्वासी दलितहरु लहान प्रहरीमा गुहार माग्दै भने,‘हामीलाई जमिन्दारको निरन्तर कुटाईबाट जोगाईदिनुस ।’ ऐलानी जमिनमा डेढ दशकदेखि बस्दै आएका १६ घर मुसहर(सदा) हरुलाई सरकारले पक्कि घर बनाईदिने भएपछि उनीहरु जमिन्दारको तारो बनेका हुन ।
यहाँका मुसहरहरु यसै टोलका जमिन्दारहरुको हरुवा मजदुर हुन । उनीहरु वसोवास गरिरहेको ऐलानी जमिनको पछाडि जमिन्दारहरुको खेत छ । पहिला फुसको छाप्रोमा वस्दा सम्म जमिन्दारले कुनै अवरोध गरेनन । अहिले सरकारी पक्कि घर परेपछि उनीहरुलाई ऐलानीबाट धपाउन कुटपिट गरिरहेको जिल्ला भुमिअधिकार मञ्चका दलित अगुवा रामनारायण सदाले वताए ।
जनता आवास कार्यक्रम अन्तर्गत सरकारी पक्कि घर परेको छ । कुमारीले भन्छिन्,‘ पहिलादेखि वस्दै आएको ठाउँमा सरकारी घर बनाउन खनेको जग पनि जमिन्दारले पुरीदिन्छ ।’ छ महिना भयो खाल्डो खनेर, इँटा, गिट्टिवालुवा खसाएको । तर, जमिन्दारको निरन्तरको अवरोधले यो वस्तीमा काम सुरु हुन सकेको छैन् ।
जमिन्दारले सरकारी घरमा तगारो हाल्दा आफुहरुको रात चिसोले थरथर काम्दै वितिरहेको सुकुम्वासीहरुको दुखेसो छ । सरकारी घर बन्ने भएपछि छाप्रोको प्वाल समेत मर्मत गरिन अनिता सदा भन्छिन्,‘ गरिवको पिडामा मलम लगाईदिने कोहि भएन ।’  
ईलाका प्रहरी कार्यालय लहानका डिएसपि ज्ञानेन्द्र फुयालले सुकुम्वासीहरुको कुटपिट गरिएको भन्ने उजुरीमाथि अनुसन्धान गरि कारबाही अगाडि बढाउने बताए । लहान नगरपालीका कार्यालयले सुकुम्वासीहरुलाई आवश्यक सहयोग गरिदिन लहान प्रहरीलाई पत्र माफर्त आग्रह गरेका छ । वर्षौदेखिको वसोवासलाई सुरक्षीत गराईदिन प्रहरीलाई पत्रमार्फत आग्रह गरेको हो ।
सरकारी घरमा जमिन्दारको तगारो
घरको स्वरुप पहिला भन्दा फेरीएको छैन झन जिर्ण बनिसकेको छ स्थानीयवासीहरुले ,‘सरकारले पक्कि घर त दियो तर, कागजमै सिमित भयो ।’ श्रृण सापट गरेर भएपनि पुरानो छाप्रो मर्मत गर्न पनि अब जमिन्दारले रोकाबट गरिरहेको छ । सरकारी घर बनाउन जमिन्दारले अबरोध गर्दा कर्मचारीहरु चुपचाप वसिदिदा यहाँका विपन्नहरु कष्ट सह्न बाध्य बनेको दलित अगुवाहरु बताउँछन् ।
सरकारले विपन्नका लागि ‘जनता आवास कार्यक्रम’ को नाममा सुरु गरेको घर बनाउने अभियानमा पवनलाई पनि घर परेको छ । साविककै वसोवास रहेको स्थानमा उनले घर बनाउनका लागि जग समेत खनिसकेको स्थानीय पवन सदायले बताईन । तर, पछाडि जमिन हुने जमिन्दारले आफ्नो अगाडि बनाउन दिन्न भनेर रोकिरहेका छन् ।
एक वर्ष भयो उनलाई सरकारी घर परेको छ । तर, पछाडि जमिन हुने जमिन्दारकै रोकाबटका कारण उनको घर बन्न सकिरहेको छैन् । घर बनाउने जिम्मा पाएको भवन निर्माण तथा सहरी विकास डिभिजन कार्यालय राजविराज अन्तर्गतको जनता अवास कार्यालयका सुपरभाईजर रतिलाल यादव भन्छन्,‘पछाडिका जग्गाधनीहरुको अबरोधले काम अगाडि बढाउन सकिएको छैन् ।’
रतिलालका अनुसार पछाडि जमिन हुने जमिन्दारसंग छलफल गरेर छिट्टै निर्माण कार्य अगाडि बढाउँछौ । यो टोलमा जनता आवास कार्यक्रम अन्र्तगत निर्माण भईरहेको १६ घर मध्ये ९ वटा घरको काम डिपिसि सम्म भएको र वाँकि ६ वटा घर विवादका कारण सुरु नै नभएको रतिलालले जानकारी दिए ।
पहिला फुसका छाप्रा हुँदा कसैले विरोध अबरोध गरेको थिएन उनले भने,‘सोही स्थानमा पक्कि सरकारी घर बनाउँदा आफ्नो जग्गाको अगाडि बनाउन दिन्न भनेर रोकिरहेका छन् ।’ गाविसलाई सहजताको काम गरिदिन भनेको छु उनले भने,‘स्थानीय अधिकारी पनि सक्रियता देखाएको छैन् ।’
१६ घर दलित परिवार दुई दसकदेखि यहाँको ऐलानी पर्ती जग्गामा वस्दै आएका छन् । उनीहरु जमिन्दारको खेतमा हरुवा, मजदुरको रुपमा काम गरेर जिविका चलाउँदै आएका छन् ।

No comments:

Post a Comment