![]() |
संगीता रेग्मी |

साथीभाइहरूले मिठो चोखो खाएर पनि एकअर्कामा खुसियाली साटासाट गरेको हामीले देख्दै र भोग्दै आएका छौं । यी सबै विषयहरूलाई हेर्दा होली पर्वको महत्व धेरै छ । यसबाट हामीले धेरै कुरा सिक्न सक्दछौं । तर, केही समय यता होलीपर्व विकृतिका रूपमा देखापरेको छ ।
होली पर्वलाई एकातिर महिलाहरूको संवेदनशील अंग छोएर आनन्द लिने दिनका रूपमा विकसित गरिएको छ, भने अर्कोतर्फ जथाभावी लोला हान्ने, कालोमोसो दल्ने, रंग छ्यापी दिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा पनि यसलाई प्रयोग गर्ने जमातहरू बढ्दै गएको छ, जुन हामीले गएको वर्षहरूमा देखेका छौं । यसवर्ष पनि यो कुरा पूर्णरूपले हट्छ भन्नेमा हामी ढुक्क छैनौं । यही रवैयाबाट होली पर्वलाई प्रयोग गर्नेहरूको जमात बढ्दै गयो भने भविष्यमा राज्यले नै कडा रूपमा यसलाई बन्देज लगाउनेसम्मको कार्य गर्न बाध्य हुनेछ भन्नेमा शंका छैन ।
सबैजसो पर्वका राम्रा सन्देश र उद्देश्यहरू रहेका हुन्छन् । तर, समाजमा हामीले नै यसलाई विकृत बनाउने काम गरिरहेका छौं । होलीको सन्दर्भमा पनि यदि हामीले यसमा बढ्दै गएका विकृतिहरू रोक्ने सन्दर्भमा ध्यान दिएनौं भने यसको नकारात्मक दुष्परिणाम हामी सबैले भोग्नुपर्ने हुन्छ ।
यतिबेलाको समय संक्रमणकालीन छ । यस्तो अवस्थामा हरेक कार्यबाट समाजमा हिंसा, अन्याय, अत्याचार हुने सामाजिक सद्भावमा गम्भीर असर पुग्ने कामहरू बढी हुने गर्दछन् । त्यसैले होलीका नाममा पनि यी कार्यहरू नहुन भनेर सजगता अपनाउन वेश हुन्छ । होली पर्व सद्भाव र भातृत्वको मियो हो । समाजमा बढ्दै गएको अपराध मानसिकताले पनि होलीपर्वलाई विकृतियुक्त बनाउने सन्दर्भमा भूमिका निर्वाह गरिरहेको छ । सभ्य समाज निर्माणका लागि पनि अपराधिक मानसिकता र प्रवृत्तिलाई निरूत्साहित पार्ने काममा सबै लाग्नु जरूरी छ । होली पर्वलाई मर्यादितरूपमा सबैले मनाउने वातावरण निर्माण गर्ने काम सबैको हो । होली पर्वलाई बिकृत हुनबाट रोक्नका लागि हरेक जिल्ला र स्थानीयस्तरमा पनि विशेष तयारी र सजगता अपनाउँदै सचेतनाको पाटोलाई खरो ढंगबाट अगाडि बढाउन जरूरी छ । आफ्नो सभ्यता र संस्कृतिलाई संरक्षण गर्दै आगामी दिनमा होली पर्वलाई मर्यादित पर्वको रूपमा चिनाउन आवश्यक छ ।
No comments:
Post a Comment