Thursday, October 1, 2015

यसरी कसरी चल्छ देश ? आरोप लगाउन छाडौँ, वार्तामा जाऊ

अहिले चलिरहेको मधेश प्रदेश मागको विषयमा कांग्रेस, एमाले र एमाओवादी पार्टीका नयाँ संविधान २०७२ का निर्माता नेताहरुले मधेशी पहाडी छुट्टाएको प्रष्ट देखिन्छ ।
गोविन्द प्रसाद यादव 
आन्दोलनमा रहेका मधेश नेताहरुले आफ्नो जायज माग राखि सिमाक्षेत्रमा नाका बन्दी गरेर धर्ना दिइरहेको छ । नाका ठप्प पारेको छ । आन्दोलनरत पार्टीसँग वार्ता गर्नु सट्टा उल्टै भारतलाई दोष लगाउनु उचित होइन् । आफ्नै देशका केही राजनीतिक दललाई संविधानमा चिब बुझेको छैन् । उनीहरुले उठाएको मुद्दा संवोधन नभएको उनीहरु महसुस गरेको छ ।
आन्दोलनमा लागेका पार्टीहरु सँग मेलमिलाप, भेटघाट, वार्ता नगर्ने , मधेशी भनेर हेप्ने गरेको छ । सँविधान निर्माता नेता ज्यूको घरघरमा मधेश हुँदै खानेकुरा देखि लिएर उपभोग्य समान जान्छ, त्यो, अहिले नाकाबन्दीले रोकेको छ ।

तपाइँहरुको छोराहरुले भारतीय हिरोइनको फोटो कोठामा राख्ने र छोरीहरुले भारतीय हिरोहरुको फोटो राख्ने भारतीय सिनेमा गित सँगित सुन्ने र हेर्ने भारतमा बनेका महगा महगा लुगाफाटाहरु मधेश प्रदेशको बाटो भएर नेपाल काठमाण्डौमा सरकारी सम्पत्ती भ्रष्टचार गरि मोज मस्ति गर्ने ?
पहाडी र मधेशी सामुदायविच वैवाहिक सम्बन्ध छ । नाका कसरी खुल्छ भनेर सोच्नु भन्दा, हाल आएर बङ्गलादेशबाट पेटा«ेलियम पदार्थ ल्याउने घोषणा गर्यो । त्यो कति दिन सम्म चल्छ ?
नेपाल (काठमाण्डौ,ललितपुर र भक्तपुर) को लागी मात्र हो ? कि पोखरा चितवन हुम्ला जुम्ला बैतडि सोलुखुम्बु नारायणघाट धनकुट्टा इलाम पाँचथर भोजपुर सँखुवासभाको लागी पनि हो ।
विदेशी तथा भारतीय सुविधा सम्पन्न जीप कार गाडी मोटरसाइकल स्कुटी र मालबाहक गाडीहरुमा चढेर काठमाण्डौमा सयर गर्ने ? अनि भारतको विरोध गर्ने ? सक्नु हुन्छ भने भारतबाट पढेको सटिफिकेट त्यसले पाएको जागिर पनि छोडने आट गर्नु । भारतले भुकम्पको वेला दिएको राहत पनि फिर्ता गर्ने हिम्मत छ कसैमा ? तसर्थ मधेशको सम्पूर्ण माग सँविधानमा लेख्नु पर्यो ।
— 
पूर्व गा.वि.स अध्यक्ष 
नमूना गा.वि.स गोविन्दपुर सिरहा 
९८११७४९०११ 

No comments:

Post a Comment