Wednesday, April 20, 2016

नयाँ शक्ति र म

प्रदीप गिरि
सन् १९७४/७५ को कुरा हो । म जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दै थिएँ । छात्रावासमा बस्थेँ । आजीविकाका निमित्त अग्रज डा. ईश्वर बरालले केही शोधार्थीलाई नेपाली इतिहास र भाषा पढाउने बन्दोवस्त मिलाइदिनु भएको थियो । एक दिन दुर्गा सुवेदी टुकुटुकु हिँड्दै मतिर आउँदै हुनुहुन्थ्यो । आज उहाँ सदाभैmँ एक्लै हुनुहुन्नथ्यो । उहाँका पछाडि दुब्ला–पातला चुस्स दारी भएका झोला भिरेका एक युवक थिए । उहाँ बाबुराम भट्टराई हुनुहुन्थ्यो । डाक्टर हुन बाँकी नै थियो ।भट्टराई आफ्नो राजनीतिक बाटोको खोजीमा हुनुहुन्थ्यो । 
त्यसै खोजीलाई बुझेर(?) दुर्गा सुवेदीले मलाई भेट्न ल्याउनुभएको थियो । बाबुरामजी र मेरो दुई÷चारपटक लामै कुराकानी भयो । उहाँका जिज्ञासाहरु मौलिक हुन्थे । प्रश्नका प्रकृति दार्शनिक एवम् सैद्धान्तिक किसिमका थिए । दैनिक राजनीतिमा अझ भनौँ सत्ता–राजनीतिका निमित्त ती प्रश्न प्रासंगिक थिएनन् । आज पनि छैन । दुई÷चार दिनको बहसपछि मैले बाबुरामजीलाई भनेँ– ‘तपाईंजस्ता साथीले कांग्रेसको राजनीतिमा मेरो ठाउँ छ कि भनेर खोज्नु बेकार छ । कांग्रेसभित्र यस्ता प्रश्न उठाइँदैनन् । कसैले उठाए पनि त्यसको उत्तर दिने चलन छैन ।’ त्यसको केही दिनपछि बाबुरामजी माक्र्सवादी कित्तामा जानुभयो क्यारे । माक्र्सवादसँग दुनियाँको हरेक प्रश्नको आप्mनै उत्तर छ । तन्नेरी बाबुरामलाई त्यतिबेला चित्त बुझ्यो होला । आफ्नो राजनीतिक जीवनको प्रारम्भमा कांग्रेस निकटमा रहनुभएको कुरा डा. बाबुराम भट्टराई बोल्नु–लेख्नुभएको छ । उहाँका नाता–गोतामा केही कांग्रेसी पनि थिए रे । आपूm कांग्रेसमा नलागेकोे विषयमा उहाँले बारम्बार बीपी कोइरालाको नेपाल प्रत्यागमनसँग गाँस्नुभएको छ । ओखलढुंगा काण्डको त्रासदीपछि बीपी नेपाल फर्कने मनसुवा बनाउनुभएको थियो । भारतमा इमर्जेन्सी लागेपछि बीपीको प्रत्यागमनको अनिवार्य भयो । 
बीपीले नेपाल फर्कदा राष्ट्रिय मेलमिलापका नाममा एउटा अस्पष्ट र दुर्वोध्य किसिमको आह्वान गर्नुभएको थियो । त्यो आह्वान आधारभूत रुपमा राजा वीरेन्द्रसँग सहकार्य गर्ने प्रस्ताव थियो । नेपाली कांग्रेसको वर्गीय र वैचारिक आधारअनुरुप त्यस आह्वानले कांग्रेसको युवा पंक्तिको ठूलो हिस्सालाई आकृष्ट ग¥यो । कतिपय साथीहरु त्यसबाट असन्तुष्ट रहे । त्यस्ता असन्तुष्टहरुमध्ये दुर्गा सुवेदी, गणेश नेपाली र यी पंक्तिकारसमेतलाई सामेल गर्न सकिन्छ । बाबुरामजीले भने त्यसपछि नेपाली कांग्रेससँग नै पूरै मोहभंग भयो भन्नुभएको छ । हाम्रो भने पार्टीसँग मोहभंग हुन सकेन । खास गरेर किसुनजीको प्रेरणाले कांग्रेसका वरिपरि नै घचपच गरिरह्यौँ । बाबुरामजी झन्झन् ‘कडा’ माक्र्सवादी हुँदै जानुभयो । अन्ततः सांस्कृतिक क्रान्तिका महानायक माओ त्से तुङले प्रभावित गरे । माक्र्सवादको इतिहासमा माओ विचारधारा र माओवादका बीच ठूलो झगडा छ । अभैm छ । बाबुरामजीले माओ विचारधारा होइन कि माओवादलाई समर्थन जताउनुभएको हो, यो आज विशेष विचारणीय छ ।

बीपी कोइरालाको राष्ट्रिय मेलमिलापले कांग्रेसका कतिपय साथीलाई आज पनि सम्मोहन गरेको छ । एक समय शैलजा आचार्यले र पछि प्रकाश कोइरालाले राष्ट्रिय मेलमिलापको औचित्यका बारे जिकीर गरेका थिए । कांग्रेसभित्र बद्धमुल रहेको संभ्रान्तवर्ग पनि अभैm त्यस आव्हानलाई प्रासंगिक देख्दछ । भट्टराईका अनुसार उहाँलाई यो कुरो कहिल्यै ठीक लागेन । डा. भट्टराई यसैका प्रति विद्रोह गर्नुभयो । र, अन्ततः राष्ट्रिय मेलमिलापको भावनाविपरीत उहाँ गणतन्त्रका दिशामा जानुभयो । 
कांग्रेसभित्र संवैधानिक राजतन्त्रको आलोचक उहिल्यैदेखि रहेका छन् । यता भने कांग्रेसका पंक्तिभित्र नरहरि आचार्य र गगन थापाले गणतन्त्रको पृष्ठपोषण अगाडि सारेका हुन् । उनीहरुसँग मेरो मतैक्य थियो । बाबुरामजीले गणतन्त्रका प्रति लिनुभएको अडान मलाई कहिले पनि नकारात्मक लागेन । अन्ततः नेपालमा गणतान्त्रिक संघर्ष सफल भयो । गणतान्त्रिक नेपालमा डा. बाबुराम भट्टराई आमनेपाली राजनीतिज्ञले चाहेको उच्चतम पद प्रधानमन्त्रीसमेत बन्नुभयो । सबै जसो नेपाली नेता यसैमा कृतार्थ हुन्छन् । तर बाबुरामजीले गणतन्त्र संवैधानिक रुपमा संस्थागत हुनासाथ आफ्नो पार्टी समेतलाई छोडेर ‘नयाँ शक्ति’का नाममा नयाँ बाटो खोज्दै हुनुहुन्छ । यो सानो साहसको कुरा होइन । 

एक उमेरपछि मानिसमा नयाँ काम गर्ने हिम्मत हराउँछ । एक उमेरपछि नयाँ विचार पनि हत्तपत्त आउँदैन भन्ने एकथपरिका मनोवेत्ताको मान्यता छ । तर फेरि अर्काथरीका मनोवेत्ताले प्रौढावस्थामा मनुष्यले आफ्नो विगतको पुनरावोलोकन गर्छ भन्ने दृष्टिकोण राखेका छन् । प्रसिद्ध मनोवेत्ता एरिक एरिक्सनले यसलाई जेनेरेटिव क्राइसिस भनेका छन् । उनको उदाहरणलाई सम्झँदा बीपी कोइरालाको प्रत्यागमन एवम् राष्ट्रिय मेलमिलापलाई समेत सम्पूर्णता बुझ्न सकिन्छ । बीपीले आफ्नो हिंसात्मक आह्वानलाई चटक्क छाडेर नयाँ बाटो लिनुभएको थियो । त्यस्तो आँट विरलै राजनीतिज्ञमा हुन्छ । बाबुराममा यस्तो आँट होला त ? यसको उत्तर भविष्यको गर्भमा छ ।
बाबुराम भट्टराईको आमन्त्रणमा नयाँ शक्तिका बैठकहरुमा मैले बेला–वखतमा भाग लिएको छु । मेरो सहभागितालाई लिएर मित्रहरुले प्रश्न गर्छन्– ‘के तपाईं पनि नयाँ शक्तिमा लाग्न थाल्नुभएको हो ?’ बाबुरामजीले मलाई पटक–पटक भन्नुभएको छ– ‘नयाँ शक्तिले नयाँ पार्टी बन्ने परिकल्पना गरेकै छैन । यत्रा पार्टीहरुको हुलमा एउटा नयाँ नाम थपेर के पो गरौँला र ? यो मूलतः नयाँ सांस्कृतिक र सामाजिक अभियान हो । यस अभियानमा पार्टी, पन्थ, जात–भात, वर्ण सबैलाई सहभागी हुन म आह्वान गर्छु ।’ यही कुरा बाबुरामजीले मेरो पनि उपस्थिति भएको मञ्चमा समेत भन्नुभएको छ । यति सुने–गुनेपछि साथीहरुले मलाई प्रश्न गर्नुपर्ने कुरा छ जस्तो लाग्दैन । एउटा कुरा अवश्य हो, यस नयाँ शक्ति आन्दोलनको नाम–राशि भने ठीक भएन कि ? यहाँ शक्ति शब्द मिठो भएको छैन ।
राजनीतिक पार्टी सत्ता–प्राप्तिका निमित्त संगठित एवम् जीवित हुन्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन । तर फेरि सत्ता केका निमित्त भन्ने उठिहाल्छ । सुशासन सत्ता अथवा राजसत्ताको मुख्य दायित्व हो । यसैका निमित्त राज्यको उत्पत्ति र मान्यता भएको हो । पुराणमा राजा पृथुको जन्मको आख्यान छ । पहिलेका जमानामा माक्र्सवाद, समाजवाद, माओवाद वा पुँजीवादका होहल्ला थिएनन् । तर प्रजा मात्रलाई सुशासन चाहिएको थियो । नेपालमा सुशासन छैन । यसैले सत्ता वा राजसत्ताको नेतृत्व गर्न चाहने नेता र पार्टीले मुलुकलाई अरु केही नभए पनि सुशासनसम्म दिए हुने हो । सुशासनको मुख्य तगारो भ्रष्टाचार हो । तर राजनीतिक दलको सत्ता–प्राप्ति र भ्रष्टाचार नेपालभित्र र बाहिर पनि जम्ल्याह भएका छन् । यसैले गर्दा एउटा राजनीतिक पार्टीले सरकारका माध्यमबाट सुशासन मात्र पनि दिन गाह्रो भएको छ । थप आर्थिक वा सामाजिक रुपान्तरणको कुरा उठाउनु त झन् निरर्थक छ । 
५० वर्षभन्दा अघिको कुरा हो । मैले राजनीतिक जीवनमा भेटेको पहिलो ठूलो मानिस जयप्रकाश नारायण हो । जयप्रकाश नारायणलाई भेट्दा म बल्ल १८ वर्षको भएको थिएँ होला । राजघाट, वनारसको कुरा हो । मेरो उद्धत तर दार्शनिक प्रश्नको उत्तर दिने उहाँसँग आवश्यक समय थिएन । म काशी विश्वविद्यालयमा दर्शनशास्त्र पढ्दै थिएँ । मेरा प्रश्न भने वाहियात थिएनन् होला । तसर्थ आगामी जाडोको छुट्टीमा उहाँले मलाई र शैलजालाई आफ्नो गाउँ बोलाउनुभएको थियो । हामी उहाँको गाउँको घर गएर १०÷१२ दिन बस्यौँ । जयप्रकाश नारायण बारम्बार भन्नुहुन्थ्यो– ‘राजनीतिक दलले तेस्रो विश्वका मुलुकहरुको नवनिर्माण गर्न सक्दैन । राजनीतिक दलका प्रति उहाँको दुईवटा आलोचना थिए । एक, उहाँ राजनीतिक दलले सत्ताको अन्धाअनुसरण गरेको मनपरीतन्त्र रुचाउनु हुँदैनथ्यो । त्यस प्रक्रियामा भ्रष्टाचार अनिवार्य छ भन्ने उहाँको तर्क छ । दोस्रो, यसको समाधानकै सत्ताको ग्राममुखी विकेन्द्रीकरणबाट मात्र हुन सक्छ भन्ने उहाँको विश्वास थियो । सबै राजनीतिक दलहरु यस मान्यताको विरोधमा छन् भन्ने उहाँको अनुभव थियो । सत्ताको अनुसरण गर्दा दलहरुले नैतिकता यावत् प्रतिमान र मान्यतालाई तिलाञ्जली दिन्छन् भन्ने उहाँको आरोप थियो । 
जयप्रकाश नारायण जीवनको एक चरणमा आप्mनै नेतृत्वको राजनीतिक पार्टी छाडेर सर्वोदयको आन्दोलनमा लाग्नुभयो । सर्वोदय दलविहीन राजनीतिको अर्को नाम हो । उहाँले झण्डै २० वर्ष सर्वोदयमा बिताउनुभयो । तर जीवनको अन्तमा आएर उहाँ एकपटक फेरि उहाँ दलीय राजनीतिमा मुछिनुभयो । इमर्जेन्सी लगाएर तानाशाहीतिर हिँडेकी इन्दिरा गान्धीलाई पराजित गर्न अग्रसर हुनुभयो । इन्दिरा गान्धी पराजित भइन् । इमर्जेन्सी हट्यो । 
जयप्रकाश नारायणको जीवनको दुईवटा निष्कर्ष छ । एकातिर राजनीतिक दल हुँदै नहुँदा समकालीन राजनीति चल्दैन । अर्कोतिर राजनीतिक दलले आप्mना भरमा भ्रष्टाचार निर्मूल गर्न सक्दैन । समाज र राजनीतिको रुपान्तरण गर्न चाहँदैन । दलभित्र बसेका कुनै व्यक्तिले चाहे पनि केही गर्न सक्दैनन् । दलको अनुशासनले व्यक्तिलाई बाँध्छ । संसदीय प्रजातन्त्रभित्रको व्यवस्थाका रुपमा हाम्रा सामु आएको छ । ‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाउका अनुहार’ भन्ने उखान चरितार्थ भएको छ । राजनीतिक दलको यस्तो स्वरुपको चिनारी गराउने महानुभाव अरु पनि छन् । जयप्रकाशजी एक्लो होइन । तर त्यो अहिले हाम्रो विषय भएन ।
भारतमा अहिले पनि रचनात्मक कामको परम्परा छ । गान्धीले रचनात्मक कामलाई राजनीतिक कामसँग अविभाज्य रुपमा जोडेका थिए । विनोवा र जयप्रकाशले त्यो कडी तोडे । उनीहरुले रचनात्मक कामलाई मात्र पछ्याए । अहिले पनि विनोवा र जयप्रकाशका अनुयायीहरु एकनिष्ट भावले रचनात्मक काममा लागेका छन् । तर उनीहरु प्रभावहीन हुँदै गएका छन् । भूमण्डलीकृत राज्यले उनीहरुलाई अप्रासंगिक बनाएको छ । नेपालमा भने रचनात्मक कामका नाममा एनजिओ फस्टाएका छन् । यस्ता एनजिओलाई राजनीतिको संरक्षण रहन्छ । त्यो विना उनीहरु फस्टाउँदैनन् । यसका राम्रो परिणाम भए जस्तो लाग्दैन ।
मुलुक आज एक होइन, अनेकौँ समस्याले आक्रान्त छन् । यस्ता समस्याहरुमध्ये प्रमुख त भ्रष्टाचार नै हो । अर्को मधेस आन्दोलन हो, जनजातिको असन्तोष हो । राज्यमा मधेस र जनजातिलाई एकात्म नगर्दासम्म साँच्चो अर्थमा नेपाली राष्ट्र बन्दैन । नयाँ शक्तिले आफ्नो वैठकहरुमा यस प्रश्नलाई अगाडि राखेको देखिन्छ । यस्ता प्रश्नहरुको स्पष्ट समाधान भने उहाँहरुसँग छैनजस्तो छ । यसको समाधानका लागि जरैमा–जगैमा गएर गर्नुपर्ने कार्यक्रमतर्फ यस शक्तिको अभिक्रम देखिँदैन । काठमाडौँको हलहरुमा बैठक गरेर नयाँ शक्ति वा नयाँ विचार आउँदैन । माओ भन्थे– ‘विचार आकाशबाट बर्सदैन । माओवादीहरुलाई थाहा नहुन सक्छ, गान्धी र जयप्रकाशले पनि यही नै भनेको छन् । बीपी कोइराला पनि आफ्ना अन्तिम दिनमा, तर अन्तिम दिनमा मात्र, यसै निष्कर्षमा पुग्नुभएको थियो । काठमाडौँ–केन्द्रित राजनीतिले समाजलाई अगाडि पु¥याउँदैन । 
यति कुरा त नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई अवश्य थाहा छ । त्यही विश्वासमा उहाँले बोलाउनुभएको बैठकमा मौका पर्दा जान्छु । त्यहाँ म आफ्नो कुरा भन्छु । रह्यो कुनै नयाँ दलको सदस्य हुने कुरा ! नेपाली कांग्रेसको १३औँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ । अझ महाधिवेशनमा मैले पनि केन्द्रीय समितिका निमित्त उमेदवारी दिए । मुलुकभरीका साथीहरुले मलाई अपार स्नेह दिए । विजयी भए । मैले समेत समर्थन गरेको व्यक्ति पार्टी सभापति हुन पुग्नुभएको छ । तर पनि पार्टीद्वारा काम गर्न खोज्दा भएका मेरा अनुभव मीठा छैनन् । तर फेरि मुलुकभरिका साथीहरुको अनुहार सम्झन्छु । आफ्नो पृष्ठभूमि सम्झन्छु । हारेर फेरि माथिकैं उखान दोहो¥याउँछु– ‘नखाऊँ भने दिनभरको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार ।’ अगाडीको कुरा अहिले नगरौं । 
कान्तिपुर दैनिक, ०७३ वैशाख ६ गते सोमवार
नोटः यस लेख कान्तिपुरमा ‘समस्या एकातिर, नयाँ शक्ति अर्कोतिर’ नामक शीर्षकमा प्रकाशित भएको थियो ।


No comments:

Post a Comment