गोविन्दप्रसाद यादव |
हिन्दुधर्मको अनुयायीका रुपमा रहँदै आएकोले तराई क्षेत्रमा आवाद भएर रहेका यिनीहरुको पनि आफ्नो कुनै खास बोली वा भाषा रहेका छैन् । जुन–जुन ठाउँमा आजको बोलीहरुलाई यिनीहरु पनि आफ्ना मातृभाषाहरुका रुपमा अपनाउँदै आइरहेको पाइन्छ ।
यिनीहरुको यो प्रवृति नेपाल अधिराज्यका तराई क्षेत्रहरुमा मध्ययुगको आरम्भदेखि अहिलेसम्म पनि निरन्तर चलि नै रहेको पाईन्छ । मध्ययुगको आरम्भ ‘आभीर’ वा ‘अहीर’ हरु वर्तमान काठमाण्डौँ उपत्यकासम्म पनि आवाद हुन पुगेका थिए । यिनीहरुले केही वर्षसम्म नेपाल अधिराज्यको प्रशासन सुत्रलाई नै हस्तगत गरेका थिए । पाटन इलाकाको दक्षिण पश्चिम भेगमा अझै पनि यिनका केही वस्तीहरु ऋावाद भएर रहेका पाइन्छन् । पहिलेदेखि नै यहाँ आएर रहन थालेकाले यिनीहरु अचेल नेवारी बोलीलाई नै बोल्ने गर्दछन् र खेतीपाती गरेर आफ्नो जीवन निर्वाह गर्ने गर्दछन् । ‘गोपालक’ अर्थात गाईहरु पाल्ने पेशा ग्रहण गर्दै आइरहेकोले यिनीहरु अझै पनि आफुलाई गोपाली भनाउनमा नै गर्व गर्ने गर्दछन् ।
यसै जातिको ‘हेल’ भन्ने अर्को एउटा उपसमुह काठमाण्डौँ शहरभित्र नै पनि आएर आवाद भएर रहेको पाइन्छ । नेवारी भाषा बोल्ने यहाँका ‘हेल’ हरुले अझै पनि गाईहरु पाल्ने पेशालाई अपनाइरहको पाइन्छ । नेवारी भाषामा प्रचलित रहेको ‘हेल’ शब्द पनि ‘अहीर’ वा ‘आभीर’ शब्दको नै अपभ्रंश रुप भएकोमा कुनै पनि सन्देहहरु रहेको छैन् ।
माओवादीले गरेको प्रस्तावित ‘पाशुपातमुक्ति’ मा ‘काठमाण्डौँ मण्डल’ को रुपमा एउटा अर्को छुट्टै प्राकृतिक बनावट पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा कायम रहेका साढेले दर्शाउँछ र दुधको ‘नैवेद’ ले पशुपतिनाथलाई ‘स्नान’ गराउने चलन अहिलेसम्म कायम नै रहेको छ ।
नेपाल अधिराज्यमा ‘आभीर’ नेता विष्णुगुप्त नै सर्व शक्तिमान् अधिनायक भएर रहेका थिए ।
‘कैलाशकुट भवन’ मा रहेका राज सिंहासनबाट ‘आभीर’ नेता विष्णुगुप्त हट्ने वितिकै यिनीहरुको स्थापना गराएका लिच्छवी राजा ‘भिमार्जु देव’ पनि ‘मानगृह’ मा रहेको राज सिंहासनबाट स्वतः नै हटन पुगेका पाइन्छन् ।
कुलदेवता श्री कृष्णको मन्दिर पाटनमा अवस्थित छ । साविक गौचरण (यादवहरु) को गाई चराउने ठाउँमा हाल गौचरण विमान स्थलको नाउले सर्वविदितै छदैछ ।
गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामवरण यादवले हाल सम्म आफ्नो भुमिका निभाई रहनु भएको छ । इतिहास ले परापुर्वकाल देखि नै नेपाल राष्ट्र बनाउनप्रति कतिको मोडहरुमा यदुवंशी (यादव)को भुमिका रहेको पाइन्छ ।
नयाँ संविधानमा तराईमा रहेका बहुसंख्यक यादवहरुले आफ्नो तराई क्षेत्रमा आफ्नो छुट्टै प्रदेश माँग समेत न गरेकोमा यादवहरु प्रतिसमेत नेताहरुले पक्षपात भेदभाव गरेको सर्ववितिदै छ ।
प्रथम संविधानसभाको चुनावमा माओवादी पार्टी बहुमत प्राप्त गरी दुई वर्षको संविधान अवधीमा चारा वर्ष विताउँदा पनि संविधान बनाउन नसकेको हाल आएर आफ्नै पार्टीका प्रभावशाली नेता तथा पुर्व प्रधानमन्त्री बाबुराले राजिनामा दिन पुगे ।
तसर्थ अहिले चलिरहेको मधेश आन्दोलन, पहाड आन्दोलन मा लिम्बुवान, खम्बुवान, जनजाति, थरुहट, मुस्लिम, महिला, दलितहरुको माँग सरह यादवहरुलाई पनि छुट्टै प्रदेश छुट्टाई दिन प¥यो । न त अर्को मधेश प्रदेशमा गृह युद्ध हुने संभावना हुने देखिन्छ ।
तसर्थ नेपालमा अहिलेको अशान्ति, असुरक्षा, दण्डहिंसा, षडयन्त्रपुर्ण, राजनीतिक गतिविधि र अपराध, कष्ट, आत्मसन्तुष्ट, राज्य र सरकारलाई चुस्त दुरुस्त बनाउनलाई ‘यदुबंशी’ (यादव) ले अहम भुमिका राख्दछ ।
जय मधेश–जय नेपाल
(लेखक यादव नमूना गाविस गोविन्दपुरका पूर्व गाविस अध्यक्ष हुन् ।)