 |
संगीता रेग्मी |
मानव समाजको विकासक्रममा निर्माण भएका विभिन्न संस्कृतिहरूमध्ये हिन्दु समुदायले सांस्कृतिक एवम् धार्मिक दृष्टिकोणले मनाउने पर्वमध्ये ‘होली’ एक हो । नेपालमा पनि होलीलाई विभिन्न क्षेत्रका हिन्दूधर्माबलम्बी तथा त्यो संस्कृतिसँग नजिक रूपमा रही सम्बन्ध निर्माण गरेको अन्य समुदाय पनि होली तदनुरूप मनाउने गर्छन् । पछिल्ला केही वर्षहरूमा नेपालका विभिन्न ठाउँमा मनाइने होलीहरूमा भारतीय चलचित्रहरूको प्रभाव प्रष्ट देखिन्छ । होली निसन्देह वर्षमा आपसी रिस, राग र द्वेषलाई समाप्त पार्दै एक अर्कोसँग अंकमाल गरी विभिन्न रंगको पर्व होलीमा रंग अविर लगाई सद्भावको साटासाट गरिन्छ ।

नेपालमा होली पर्व दुईदिनसम्म महत्वका साथ मनाउने गरिन्छ । पहाडी जिल्लामा अघिल्लो दिन र तराईमा भोलिपल्ट यो पर्व धुमधामका साथ मनाइन्छ । होलीलाई तराई–मधेशमा ‘फगुवा’ भन्ने गरिन्छ । आफन्त, इष्टमित्र, साथीभाइहरूका बीचमा अबिरको टिका लगाएर एक–अर्काबीच सुखद् पलहरू साटासाटा गर्ने र वर्षैभरि शुभ होस् भनि शुभकामनाका शब्दहरू आदानप्रदान गर्ने दिनका रूपमा चिनिने यस पर्वको विशिष्ट महत्व र सन्देश रहेको छ । होलीको महत्व र सन्देशलाई नजिकबाट नियाल्दा यस पर्वमा आफन्त, इष्टमित्र,