Sunday, September 21, 2014

चन्द्र उमाविले शतवार्षिकि मनाउने

लहान । तत्कालिन राजा चन्द्रशम्शेरले स्थापना गरेको, नेपालकै दोश्रो ऐतिहासिक चन्द्र उच्च माध्यमिक विद्यालयले स्थापनाको सय वर्ष पुगेको अवसरमा शतवार्षिकि मनाउन भेला गरी समिति गठन गरेको छ । वि.सं.१९७१ मा विद्यालयको स्थापना भएको थियो । 
 शतवार्षिकि आयोजक समितिको संयोजकमा विद्यालयका प्राचार्य मधुसुदन कर्ण रहेको हो, भने सदस्यहरुमा विद्यालयमा कार्यरत शिक्षकहरु रहेको जनाइएको छ । आयोजक समितिले समाजमा रहेका अन्य पक्षसँग समन्वय गरी विद्यालयको शतबार्षिकी मनाउन तयारी गर्ने गठित समितिका संयोजक कर्णले बताए ।

उपत्यका पछिको यो पहिलो विद्यालय आफनो स्थापनाकाल देखि नै सिरहा जिल्लासँग अन्य छिमेकी जिल्लामा पनि शिक्षाको ज्योती छर्ने काम गरेको उनले जनाए । उनले दाबी गरे अनुसार यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देश तथा विदेशमा ख्याती कमाएको छ ।
आउँदो फागुन १४ गते मा विद्यालय सय वर्षमा प्रवेश गर्ने संयोजक कर्ण जानकारी दिए । विद्यालयको स्तरोनती हुँदै हाल उमाविको रुपमा संचालन हुँदै आएको छ ।
सय वर्ष प्रवेशको उक्त अवसरमा विद्यालयले आफनो स्थापनाकाल देखि हालसम्म गरेका शैक्षिक गतिविधिलाई स्मरण गर्दै शिक्षास्तरलाई थप स्तरीय बनाउन नयाँ उर्जा प्राप्त गर्ने उनको ठम्याई छ । विद्यालयले मनाउने सो शतबार्षिकीमा अभिभावक, विद्यार्थी, नागरिक समाज, राजनीतिक दल तथा अन्य सरोकारवालालाई सक्दो सहयोग गर्न संयोजक कर्णले आग्रह गरे  ।

No comments:

Post a Comment