![]() |
प्रदीप गिरि |
सन् १९७४/७५ को कुरा हो । म जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दै थिएँ । छात्रावासमा बस्थेँ । आजीविकाका निमित्त अग्रज डा. ईश्वर बरालले केही शोधार्थीलाई नेपाली इतिहास र भाषा पढाउने बन्दोवस्त मिलाइदिनु भएको थियो । एक दिन दुर्गा सुवेदी टुकुटुकु हिँड्दै मतिर आउँदै हुनुहुन्थ्यो । आज उहाँ सदाभैmँ एक्लै हुनुहुन्नथ्यो । उहाँका पछाडि दुब्ला–पातला चुस्स दारी भएका झोला भिरेका एक युवक थिए । उहाँ बाबुराम भट्टराई हुनुहुन्थ्यो । डाक्टर हुन बाँकी नै थियो ।भट्टराई आफ्नो राजनीतिक बाटोको खोजीमा हुनुहुन्थ्यो ।
त्यसै खोजीलाई बुझेर(?) दुर्गा सुवेदीले मलाई भेट्न ल्याउनुभएको थियो । बाबुरामजी र मेरो दुई÷चारपटक लामै कुराकानी भयो । उहाँका जिज्ञासाहरु मौलिक हुन्थे । प्रश्नका प्रकृति दार्शनिक एवम् सैद्धान्तिक किसिमका थिए । दैनिक राजनीतिमा अझ भनौँ सत्ता–राजनीतिका निमित्त ती प्रश्न प्रासंगिक थिएनन् । आज पनि छैन । दुई÷चार दिनको बहसपछि मैले बाबुरामजीलाई भनेँ– ‘तपाईंजस्ता साथीले कांग्रेसको राजनीतिमा मेरो ठाउँ छ कि भनेर खोज्नु बेकार छ । कांग्रेसभित्र यस्ता प्रश्न उठाइँदैनन् । कसैले उठाए पनि त्यसको उत्तर दिने चलन छैन ।’ त्यसको केही दिनपछि बाबुरामजी माक्र्सवादी कित्तामा जानुभयो क्यारे । माक्र्सवादसँग दुनियाँको हरेक प्रश्नको आप्mनै उत्तर छ । तन्नेरी बाबुरामलाई त्यतिबेला चित्त बुझ्यो होला । आफ्नो राजनीतिक जीवनको प्रारम्भमा कांग्रेस निकटमा रहनुभएको कुरा डा. बाबुराम भट्टराई बोल्नु–लेख्नुभएको छ । उहाँका नाता–गोतामा केही कांग्रेसी पनि थिए रे । आपूm कांग्रेसमा नलागेकोे विषयमा उहाँले बारम्बार बीपी कोइरालाको नेपाल प्रत्यागमनसँग गाँस्नुभएको छ । ओखलढुंगा काण्डको त्रासदीपछि बीपी नेपाल फर्कने मनसुवा बनाउनुभएको थियो । भारतमा इमर्जेन्सी लागेपछि बीपीको प्रत्यागमनको अनिवार्य भयो ।
बीपीले नेपाल फर्कदा राष्ट्रिय मेलमिलापका नाममा एउटा अस्पष्ट र दुर्वोध्य किसिमको आह्वान गर्नुभएको थियो । त्यो आह्वान आधारभूत रुपमा राजा वीरेन्द्रसँग सहकार्य गर्ने प्रस्ताव थियो । नेपाली कांग्रेसको वर्गीय र वैचारिक आधारअनुरुप त्यस आह्वानले कांग्रेसको युवा पंक्तिको ठूलो हिस्सालाई आकृष्ट ग¥यो । कतिपय साथीहरु त्यसबाट असन्तुष्ट रहे । त्यस्ता असन्तुष्टहरुमध्ये दुर्गा सुवेदी, गणेश नेपाली र यी पंक्तिकारसमेतलाई सामेल गर्न सकिन्छ । बाबुरामजीले भने त्यसपछि नेपाली कांग्रेससँग नै पूरै मोहभंग भयो भन्नुभएको छ । हाम्रो भने पार्टीसँग मोहभंग हुन सकेन । खास गरेर किसुनजीको प्रेरणाले कांग्रेसका वरिपरि नै घचपच गरिरह्यौँ । बाबुरामजी झन्झन् ‘कडा’ माक्र्सवादी हुँदै जानुभयो । अन्ततः सांस्कृतिक क्रान्तिका महानायक माओ त्से तुङले प्रभावित गरे । माक्र्सवादको इतिहासमा माओ विचारधारा र माओवादका बीच ठूलो झगडा छ । अभैm छ । बाबुरामजीले माओ विचारधारा होइन कि माओवादलाई समर्थन जताउनुभएको हो, यो आज विशेष विचारणीय छ ।
बीपी कोइरालाको राष्ट्रिय मेलमिलापले कांग्रेसका कतिपय साथीलाई आज पनि सम्मोहन गरेको छ । एक समय शैलजा आचार्यले र पछि प्रकाश कोइरालाले राष्ट्रिय मेलमिलापको औचित्यका बारे जिकीर गरेका थिए । कांग्रेसभित्र बद्धमुल रहेको संभ्रान्तवर्ग पनि अभैm त्यस आव्हानलाई प्रासंगिक देख्दछ । भट्टराईका अनुसार उहाँलाई यो कुरो कहिल्यै ठीक लागेन । डा. भट्टराई यसैका प्रति विद्रोह गर्नुभयो । र, अन्ततः राष्ट्रिय मेलमिलापको भावनाविपरीत उहाँ गणतन्त्रका दिशामा जानुभयो ।
कांग्रेसभित्र संवैधानिक राजतन्त्रको आलोचक उहिल्यैदेखि रहेका छन् । यता भने कांग्रेसका पंक्तिभित्र नरहरि आचार्य र गगन थापाले गणतन्त्रको पृष्ठपोषण अगाडि सारेका हुन् । उनीहरुसँग मेरो मतैक्य थियो । बाबुरामजीले गणतन्त्रका प्रति लिनुभएको अडान मलाई कहिले पनि नकारात्मक लागेन । अन्ततः नेपालमा गणतान्त्रिक संघर्ष सफल भयो । गणतान्त्रिक नेपालमा डा. बाबुराम भट्टराई आमनेपाली राजनीतिज्ञले चाहेको उच्चतम पद प्रधानमन्त्रीसमेत बन्नुभयो । सबै जसो नेपाली नेता यसैमा कृतार्थ हुन्छन् । तर बाबुरामजीले गणतन्त्र संवैधानिक रुपमा संस्थागत हुनासाथ आफ्नो पार्टी समेतलाई छोडेर ‘नयाँ शक्ति’का नाममा नयाँ बाटो खोज्दै हुनुहुन्छ । यो सानो साहसको कुरा होइन ।