संघीय प्रदेशको सिमांकनमा विभेद भएको भन्दै देशको विभिन्न कुनाबाट विरोधको स्वर गुन्जियो । सांकेतिक रुपमाबाट सुरु भएको त्यस्ता स्वर राज्यको उदासिनताका कारण आन्दोलनको रुप लिएको कुरा कसैबाट लुकेको छैन् । केही नेताहरुले आफ्ना स्वार्थ सिद्ध हुने खालको संघीय प्रदेशको सिमांकनको खाका ल्याएको चर्चाको विषय बन्न पुगेको हो । जसलाई सच्चयाउन थारु कल्याणकारणी सभा, संयुक्त मधेशी मोर्चासँगै संघीय समाजवादी फोरम नेपाल, नेकपा माओवादी लगायत अन्य पार्टीले आन्दोलनको बागडोर अगाडी बढाउदै आएका छन् । पन्द्रह दिने लामो बन्दको क्रममा झडपमा परेर विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारी गरी दर्जनौं व्यक्तिले ज्यान गुमाइसकेका छन् भने अर्बौको नोक्सानी भएको छ ।



