Wednesday, September 2, 2015

माग सम्बोधन गर

संघीय प्रदेशको सिमांकनमा विभेद भएको भन्दै देशको विभिन्न कुनाबाट विरोधको स्वर गुन्जियो ।

सांकेतिक रुपमाबाट सुरु भएको त्यस्ता स्वर राज्यको उदासिनताका कारण आन्दोलनको रुप लिएको कुरा कसैबाट लुकेको छैन् । केही नेताहरुले आफ्ना स्वार्थ सिद्ध हुने खालको संघीय प्रदेशको सिमांकनको खाका ल्याएको चर्चाको विषय बन्न पुगेको हो । जसलाई सच्चयाउन थारु कल्याणकारणी सभा, संयुक्त मधेशी मोर्चासँगै संघीय समाजवादी फोरम नेपाल, नेकपा माओवादी लगायत अन्य पार्टीले आन्दोलनको बागडोर अगाडी बढाउदै आएका छन् । पन्द्रह दिने लामो बन्दको क्रममा झडपमा परेर विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारी गरी दर्जनौं व्यक्तिले ज्यान गुमाइसकेका छन् भने अर्बौको नोक्सानी भएको छ ।

Sunday, July 19, 2015

मोरङ ९ मा खड्ग फागो नै किन ?

ईश्वर भट्टराई, उर्लाबारी 
५ बर्षअघि मोरङ क्षेत्र नं. ९ का कांग्रेसजनमा बेग्लै रौनकता छायो । १२ औं महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको अभूतपूर्व ‘कांग्रेसी एकता’ यो क्षेत्रमा अन्य अधिवेशनभन्दा पृथक थियो । कारण, क्षेत्रीय सभापतिमा खड्ग फागोको उम्मेद्वारी ।
२०४६ सालको परिवर्तन यता एमालेको ‘बाघखण्ड’को रूपमा चिनिएको उत्तरपूर्वी मोरङ पछिल्लो पटक माओवादीको दवदवाले कांग्रेसजनहरू ‘कुहिरोमा हराएको काग’ जस्ता बनेका थिए । युवा नेता फागोको क्षेत्रीय सभापतिमा आगमन भएसँगै कांग्रेसलाई संजीवनी बुटी प्राप्त गरेझैं भयो । पार्टीलाई डो¥याउन फागोभन्दा अर्काे उपयुक्त पात्र यस क्षेत्रमा पाउन कठिन थियो नै । सम्भवतः यही कारण, उनलाई युवा र श्रमजीवी वर्गको साथ प्राप्त भयो । उनको उदयसँगै मोरङ ९ नं. क्षेत्रका कांग्रेसजनमा निक्कै उर्जा मिल्यो । फलतः उनले सभापति बनेको छोटो समयमा आफूलाई मात्र होइन पार्टीलाई पनि उचाइमा पु¥याए ।

Friday, July 10, 2015

जिविसको दोधारे कार्यनीति र सिरहाको अगामी अवस्था

बद्री नारायण यादव

एउटा साधुले आफ्ना शिस्यलाई भन्यो, ‘भगवानको पुजा गर्नुछ पाँच रुपैयाँको केला किनर ल्याउ ।’ गुरुको आदेशानुसार शिस्य बजार गएर केला बिक्रेतासँग सोधेछ, ‘केला कसरी ?’ केला बिक्रेताले भन्यो, ‘एक रुपैयाँमा एक पीस केला किन्न पाउनुहुन्छ ।’ केला बिक्रेताको शर्तलाई स्वीकार गर्दै उनले पाँच रुपैयाँको केला किनेछन् । तर, केला राम्रो हो कि होइन् भन्ने उनलाई विश्वास लागेन् । त्यस पाँचवटा केलाबाट एउटालाई उनले खाइदियो । केला खाँदा राम्रो लागेर कान फुलाउँदै आफ्ना गूरुको कुटिमा फर्केछन् ।
शिस्यले आफ्ना गूरुको हातमा चारवटा केला दिएछ । अनि गूरुले उनलाई फेरी सोध्यो, ‘एक रुपैयाँमा कतिवटा केला दियो ?’ जवाफमा शिस्यले भन्यो, ‘एक रुपैयाँमा एक पीस केला दियो । मैले पाँच वटा केला किने ।’ शिस्यको कुरा सुनेर साधु छक्क पर्दै भने,‘अरे, यो चारवटा केला मात्र रहेछ ?’ अझ एउटा केला खाँदै शिस्यले भन्यो, ‘यसरी चाखेको एउटा केला ।’ यसरी चाखेको नाउँमा शिस्यले दुईवटा अरु केला खाइदिएछन् ।

Thursday, July 9, 2015

साक्षर घोषणा कहिले ?

यो वर्ष जिल्लालाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालय सिरहाले गैरसरकारी संस्था मार्फत संचालन गरेको ‘साक्षरता कार्यक्रम’ सम्पन्न भएको महिना दिन बित्न लागेको छ । यो कार्यक्रम अन्तिम वर्षको रुपमा संचालन हुन लागेको भनिएको छ । साथै यो कार्यक्रम अन्तर्गत कक्षा समाप्ती पछि जिल्ला ‘साक्षर’ भएको घोषणा कार्यक्रम पनि गरिने छ भन्ने प्रतिबद्धता जिशिकाले व्यक्त गरेको थियो ।
साक्षरता कक्षा संचालन गर्न जिल्ला शिक्षा कार्यालय सिरहाले निर्धारण गरेको शर्तको अधिनमा रहने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाका सैकडौं गैरसरकारी संघ÷संस्थाहरुले त्यो कक्षा सम्पन्न गरेका छन् । तीन महिनाका लागि चलेको साक्षरता कक्षा जेष्ठमा नै सकेको छ । कक्षा सम्पन्न गरेका कार्य प्रतिवेदन पनि बुझाइसकेका छन्, ती संस्थाहरु ।

वेपत्ता परिवारको नाउँमा प्रतिक्षालय

सिरहा । द्धन्द्धकालमा वेपत्ता भएका परिवारको नाउँमा नेपाल रेडक्रस सोसाइटी सिरहाले सिरहा नगरपालिका १ मा पर्ने हुलाकी राजमार्ग अन्तर्गतको शिव चौकमा विहिवार एक कार्यक्रम गर्दै प्रतिक्षालय उद्घाटन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर वि.क.ले रिवण काटेर सो प्रतिक्षालयको उद्घाटन गरेको थियो । वेपत्ता परिवारको जीविकोपार्जनसँगै उनीहरुको सम्झनामा बनाइएको यो प्रतिक्षालयले अन्य सर्वसाधारणलाई फाइदा पुग्ने उनले बताए ।
नवनिर्मित प्रतिक्षालय कार्यलाई प्रशंसा गर्दै सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवले आउने केही दिनमा प्रतिक्षालयलाई लक्षित गरेर चर्पी निर्माण गरिने प्रतिबद्धता जनाए । जिल्ला खुल्ला दिशामुक्त गर्ने अभियान अग्र दिशामा बढेको अवस्थामा चर्पी बिना प्रतिक्षालयको महत्व कम हुने भएकोले सो काम नगरपालिकाले पुरा गर्ने उनले जनाए ।

खुल्ला दिशामुक्त गाविस घोषणाले लगडी गदियानीबासी उल्लासित

बद्री नारायण यादव
सिरहा । अहाँ कि करहल छी ? सर, किछ नै ओहीना बैसक ठण्ढा रहल छी । आँई ठण्ढाई वाला त आउर जगह छै ने औ । ऐहन अनहार आ घासे–घास भेल जगह कियाक बैसल छी ? ऐह सर, अँहु बड जिधि छि, बुझले बात त अछि, तैयो अर्थाव लगैछि । कि बुझले बात ? कि आहाँ एहन अनहारमे बैस दिशा त नै करहल छि ? सर, कि करु । कत जाउ घरमे ट्वाईलेट नै अछि । रुपैया ढौवाके अभाव अछि, तैही दुवारे ऐहन घास–घुसमे दिशा कर पैर रहल अछि । यी हमर बाध्यता सेहो अछि । सरकारो केहन विभेदकारी अछि जे हमरा गरिब सब पर धियान नै दैअ । सोजहे कहै या कि यि विकास उ विकास । घर–घरमे ट्वाइलेट बना देतै त नै हेतै ।
खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने कार्ययोजना बनाएर लगडी गदियानीका गाविस सचिव कृष्णदेव यादव र अन्य सहयोगीले चर्पीबारे खोजबिना गर्दा त्यहाँका स्थानीयहरुसँग उनीहरुले बुझ्ने (मैथिली) भाषामा प्रश्न गर्दा जवाफ पाउँथ्यो, ‘आफु गरिब छु, जग्गाको अभाव छ भन्दै दातृ निकाय तथा नेपाल सरकारको जिम्मेवारी हो भनेर भन्थ्यो । सरकारले नै चर्पी बनाइदिनु पर्छ भन्ने माग पनि गर्दथ्यो ।’

Monday, April 6, 2015

जिल्लाको विकास गर्न कृषिमा लगानी आवश्यक : अध्यक्ष यादव

लहान । नेकपा एमाले सिरहाका अध्यक्ष प्रमोद यादवले जिल्लाको विकास गर्नका लागि कृषिमा लगानी गर्नुपर्ने आवश्यकता रहेको वताउनुभयो । वहाले सिरहा जिल्लालाई नमुना जिल्ला वनाउनका लागि युवाहरुको सक्रियतामा कृषिमा प्रत्यक्ष लगानी सरकारी निकायले गर्नुपर्ने वताउनुभयो ।
नेकपा एमाले सिरहाका अध्यक्ष प्रमोद यादव  तालिम उदघाटनमा 
युवा सुचना केन्द्र सिरहाको सहयोगमा जनप्रयास सामुदायिक विकास केन्द्र विष्णुपुरकट्टीले मानिकदह कृषि सहकारी संस्था गोन्दिपुरको समन्वयमा संचालित पा“च दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिमको उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो वताउनुभयो ।
 अध्यक्ष यादवले युवाहरु दिनानुदिन  विदेश जाने जनलहर चलिरहेको अबस्थामा यसलाई रोक्नका लागि कृषि क्षेत्रमा लगानी  अति आवश्यक रहेको वताउनुभयो । वहाले उतरी क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्नका लागि सरकारी निकाय र गैरसरकारी निकायसंग समन्वय गरि तत्काल खानेपानी समस्या समाधानको लागि आवश्यक पहल गर्ने वताउनुभयो । खानेपानीको समस्या समाधानमा स्थानीय निकायले अविलम्ब अन्य योजनालाई तत्काल थाती राखेर भएपनि  खानेपानी समस्या समाधानका लागि लगानी गर्न सुझाव दिनुभयो ।