Thursday, August 28, 2014

घुमुवा प्रहरीद्वारा गोली हान्ने धम्की

लहान । जनतालाई शान्ति सुरक्षा दिने प्रहरीले एक व्यापारीलाई गोली हान्ने धम्की दिएको छ । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत घुमुवा प्रहरी दुर्गा यादवले लहानका युवा व्यापारी अनिल साहलाई बुधबार राति २४ घण्टाभित्र गोली हान्ने धम्की दिएका हुन् ।
व्यापारको काम सकी साथी भेट्न गएको बेला बुधबार राति ८ बजे अत्याधिक मदिरा सेवन गरेका घुमुवा प्रहरी यादवले साहलाई अचानक ‘तैले धेरै पैसा कमाएको छस्, फुर्ति लाउँछस्, तलाई २४ घण्टाभित्र गोली हानेर उडाइदिन्छु’

Wednesday, August 27, 2014

नेताहरुको नाराबाजी र उग्रता पछि पोखरी ठेक्का स्थगित

लहान । बिना ठेक्का पोखरी उपभोग गरिरहेका स्थानीय केही नेता र उनका आसेपासेहरुको नाराबाजी र उग्रताका कारण पिप्रा प्रपी गाउँ विकास समितिले लगाउन लागेको पोखरी ठेक्का अर्को सूचना जारी नभएसम्मको लागि मंगलवार स्थगित भएको छ ।
पोखरी ठेक्का लगाउन जारी गरेको सार्वजनिक सूचना अनुरुप सोमवार ठेक्का फारम बिक्री भएको थियो । सो विभिन्न सात वटा पोखरीका लागि ४९ थान टेण्डर फारम बिक्री भएको गाविस कार्यालयले जनाए । स्रोतका अनुसार फारम बिक्री हुने दिन पनि उनीहरुले अबरोध गर्न खोजेका थिए । गाउँको विकासका निम्ति स्थानीय कोष बलियो होस भन्ने अभिप्रायले विभिन्न अबरोधलाई गाविस सचिव रंजित कुमार दास कर्णले चिर्न प्रयास गरे ।
तर, केही स्थानीय नेता र उनी नजिकका गाउँहरुले गालीगलौजसँगै

प्रहरीद्वारा गाँजा र सुपारी बरामद

लहान । जिल्ला प्रहरी कार्यालय सिरहाले इटाटार १ स्थित महेन्द्र प्रसाद यादवको धान खेतमा परालले छोपेर
राखेको अवस्थामा ७५ किलो ६ ग्राम गाँजा फेला बरामद गरेको छ । गाँजा राख्ने व्यतिmको खोजी कार्य जारी रहेको प्रहरी उपरिक्षक पुर्णचन्द्र जोशीले बताए ।

Tuesday, August 26, 2014

माध्यमिक तहमा गर्दै अधिकांश छात्रा विवाह, रेडक्रसको अभियानले असर गरेन्

शम्भु यादव
लहान । सिरहा सदरमुकामदेखि झन्डै ७÷८ किलोमिटरको दूरीमा रहेको अर्नमा प्र.पी. –९ हरकट्टाकी रुवी कुमारी महतो सिद्धिचरण मावि अर्नमामा कक्षा ८ मा पढ्दै थिइन् । उनी कक्षा ८ मा पढ्दापढ्दै त्यही कक्षामा पढ्ने हरि शर्मासँग माया बसेको पतो नै भएन । उनीहरुको माया प्रेम कक्षा १० सम्म पुग्यो ।
भरखर १६ वर्षको किशोरावस्थामा के ठीक के बेठीक छुट्याउनै नसक्ने उमेरमै मायामा परेकी रुवी अन्जानमै नयाँ जीवनको सुरुवात गर्ने निर्णय गरिन् । एसएलसी परिक्षा दिएर नतिजाको प्रतिक्षा पनि नगरेर प्रेममा फसेको रुवीले हरिसँग भागेर प्रेम विवाह गर्न पुगिन् । प्रेम विवाह गरेर आफन्तसँग पनि छुटनु परेको थियो । विवाह गरीसकेपछि नतिजा आयो, दुवै पास भयो । तर अगाडि पढ्न सकेनन् उनीहरु, आर्थिक समस्याले गर्दा । विवाह भएकै केही दिनमै रुवी आमा बनेकी छिन् ।
हेर्दा आमाबाबुसँगै काखमा बसेर पढाइ र पालनपोषण पाउनुपर्ने उमेरमा रुवीमाथि बच्चाकै लालनपालनको जिम्मेवारी आइपुगेको छ । छोरा पाएकी उनलाई अहिले एकातिर आमाको भूमिका निभाउनुपर्ने र अर्कोतिर आर्थिक सङकटले गर्दा पढाइ नै अवरुद्ध भएको भयो । कति पटक प्रयास गर्दा पनि ‘प्लस टु’ सम्म पढ्न सकेन, हरि र रुवी । पढाई छोडेर हरी अन्ततः गत साउन २२ गते पैसा कमाउन विदेशिए ।

नियम मिचिदैँ प्रमाणपत्र बाड्दै

लहान । घरेलु तथा सना उद्योग कार्यालय लहानले नियम मिचेर उद्योगको प्रमाण पत्र वितरण गरेको पाईएको छ । ग्यारेज, सहमिल, गृल उद्योग, होटल लगायतका उद्योगको प्रमाण पत्र वितरणमा व्यापक अनियमितता भएको पाईएको छ ।



भ्रष्टाचार निवारण ऐन ०५९ ले शिक्षकलाई उद्योग, ब्यापार गर्न रोक लगाएको छ । तर, घरेलुले शिक्षकलाई उद्योगको अनुमति पत्र दिएको पाईएको छ । ०६८ माघ ३ गत्ते माध्यमिक विद्यालय महदेवा पोर्ताहाका शिक्षक भोलाप्रसाद यादवको नाममा घरेलु तथा साना उद्योग कार्यालय लहानबाट शुभलक्ष्मी वढी विल्डर्स नामक उद्योगको प्रमाण पत्र जारी भएको पाईएको छ ।

मोडलले भनिन्, ‘भित्रको देखाएपनि बाहिरको देखाएपनि के चासो

काठमाडौं । पटक पटक उत्तेजक फोटो सार्वजनिक गरेर चर्चा र विवादमा आउने मोडन तिर्सना बुढाथोकीले फेरी अर्को तस्वीर सार्वजनिक गरेपछि चर्चामा छिन् ।

तर उनले उक्त तस्वीर सार्वजनिक गरेपछि सञ्चारमाध्यममा आएको समाचारलाई लिएर उनले तत्कालै प्रतिक्रिया सार्वजनिक गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले भित्र देखाएपनि बाहिरको देखाएपनि के चासो भन्दै आक्रोस पोखेकी हुन् ।
बुढाथोकीले लेखेकी छन्, ‘मैले भित्रको देखाएपनि बाहिरको देखाएपनि मिडियालाई के को चासो मेरो स्वतन्त्रताको अधिकार हो ।’

उनले ‘मलाई सानो तिनो कुराले फरक पार्दैन आखिर म तिर्सना नै हुँ ’ लेखेर उनले संवेदनशील अंग प्रष्ट देखिने गरी तस्वीर पोष्ट गरेकी थिइन् ।

Friday, August 22, 2014

सिरहाका सामुदायिक विद्यालयमा छात्राको संख्या बढ्यो

लहान । छोरीलाई पनि छोरासरह पढाउन थालेपछि सिरहाका सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढेको छ ।

सरकार र विभिन्न संघसंस्थाले गाउँ गाउँमा संचालन गरेको बालकक्षामा छात्र बढी भएपनि विद्यालयमा छात्राको संख्या अधिक रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याकंले देखाएकोे छ ।
सिरहामा उच्च मावि ३८, मावि ३४, निमावि ५३ र प्रावि ३०३ वटा रहेको छ । सिरहामा कुल विद्यार्थीे संख्या १ लाख ४० हजार २ सय २३ रहेका शिक्षा कार्यालयले जनाएको छ ।
जसमध्ये ७२ हजार ४ सय ८० जना छात्रा र ६७ हजार ७ सय ४३ छात्र रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकले देखाएको छ । कुल विद्यार्थीमध्येको ४ हजार ७ सय ३७ छात्रा वढी रहेको देखिन्छ । यो तुलनात्मक रुपमा करीब चार प्रतिशतले छात्राको संख्या बढी हो ।
सरकारले पछिल्लो समय बालिकाशिक्षालाई प्रोत्साहनस्वरुप आरक्षणलगायत व्यवस्था गरेपछि सामुदायिक विद्यालयमा छात्रासंख्या बढेको जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले बताए ।
अभिभावकमा छोरीलाई समान व्यवहार गर्नुपर्ने चेतनाबोधले यो आँकडा बढाएका चन्द्र उच्च माध्यमिक विद्यालयका मकसुद कर्ण बताउछन् । www.nepalsandesh.com