Thursday, October 1, 2015

यसरी कसरी चल्छ देश ? आरोप लगाउन छाडौँ, वार्तामा जाऊ

अहिले चलिरहेको मधेश प्रदेश मागको विषयमा कांग्रेस, एमाले र एमाओवादी पार्टीका नयाँ संविधान २०७२ का निर्माता नेताहरुले मधेशी पहाडी छुट्टाएको प्रष्ट देखिन्छ ।
गोविन्द प्रसाद यादव 
आन्दोलनमा रहेका मधेश नेताहरुले आफ्नो जायज माग राखि सिमाक्षेत्रमा नाका बन्दी गरेर धर्ना दिइरहेको छ । नाका ठप्प पारेको छ । आन्दोलनरत पार्टीसँग वार्ता गर्नु सट्टा उल्टै भारतलाई दोष लगाउनु उचित होइन् । आफ्नै देशका केही राजनीतिक दललाई संविधानमा चिब बुझेको छैन् । उनीहरुले उठाएको मुद्दा संवोधन नभएको उनीहरु महसुस गरेको छ ।
आन्दोलनमा लागेका पार्टीहरु सँग मेलमिलाप, भेटघाट, वार्ता नगर्ने , मधेशी भनेर हेप्ने गरेको छ । सँविधान निर्माता नेता ज्यूको घरघरमा मधेश हुँदै खानेकुरा देखि लिएर उपभोग्य समान जान्छ, त्यो, अहिले नाकाबन्दीले रोकेको छ ।

Sunday, September 27, 2015

यदुवंशी (यादव) ले नेपाल अधिराज्यको प्रशासन सुत्रलाई नै पनि हस्तगत गरेका थिए ?


गोविन्दप्रसाद यादव
मध्ययुगको आरम्भमा नेपालको तराई क्षेत्रहरुमा आएर आवाद भएर रहेका ‘आभिर’ नामक पशुपालक जाति अहिले ‘अहिर’ नामले परिचित भइरहेको छ । यो जाति आजभोलि प्रायः भैसीहरु पाल्ने गर्दछ । यही जाति अचेल ‘ग्वाला’ वा ‘ग्वार’ को नामले परिचित रहने गरेको छ । पहिले–पहिले गाई पाल्ने गरेको हुनाले नै यो जाति ‘ग्वाला’ को नामले प्रसिद्ध रहने गरेको मानिन्छ । रुप तथा रङ्गको हिसाबले स्पष्टरुपमा नै आर्य परिवारकै देखिने ‘अहीर’ वा ‘आभीर’ हरु अचेल आफुलाई ‘यादव’ भनाउनमा गर्व गर्ने गर्दछन् ।
हिन्दुधर्मको अनुयायीका रुपमा रहँदै आएकोले तराई क्षेत्रमा आवाद भएर रहेका यिनीहरुको पनि आफ्नो कुनै खास बोली वा भाषा रहेका छैन् । जुन–जुन ठाउँमा आजको बोलीहरुलाई यिनीहरु पनि आफ्ना मातृभाषाहरुका रुपमा अपनाउँदै आइरहेको पाइन्छ ।
यिनीहरुको यो प्रवृति नेपाल अधिराज्यका तराई क्षेत्रहरुमा मध्ययुगको आरम्भदेखि अहिलेसम्म पनि निरन्तर चलि नै रहेको पाईन्छ । मध्ययुगको आरम्भ ‘आभीर’ वा ‘अहीर’ हरु वर्तमान काठमाण्डौँ उपत्यकासम्म पनि आवाद हुन पुगेका थिए । यिनीहरुले केही वर्षसम्म नेपाल अधिराज्यको प्रशासन सुत्रलाई नै हस्तगत गरेका थिए । पाटन इलाकाको दक्षिण पश्चिम भेगमा अझै पनि यिनका केही वस्तीहरु ऋावाद भएर रहेका पाइन्छन् । पहिलेदेखि नै यहाँ आएर रहन थालेकाले यिनीहरु अचेल नेवारी बोलीलाई नै बोल्ने गर्दछन् र खेतीपाती गरेर आफ्नो जीवन निर्वाह गर्ने गर्दछन् । ‘गोपालक’ अर्थात गाईहरु पाल्ने पेशा ग्रहण गर्दै आइरहेकोले यिनीहरु अझै पनि आफुलाई गोपाली भनाउनमा नै गर्व गर्ने गर्दछन् ।
यसै जातिको ‘हेल’ भन्ने अर्को एउटा उपसमुह काठमाण्डौँ शहरभित्र नै पनि आएर आवाद भएर रहेको पाइन्छ । नेवारी भाषा बोल्ने यहाँका ‘हेल’ हरुले अझै पनि गाईहरु पाल्ने पेशालाई अपनाइरहको पाइन्छ । नेवारी भाषामा प्रचलित रहेको ‘हेल’ शब्द पनि ‘अहीर’ वा ‘आभीर’ शब्दको नै अपभ्रंश रुप भएकोमा कुनै पनि सन्देहहरु रहेको छैन् ।
माओवादीले गरेको प्रस्तावित ‘पाशुपातमुक्ति’ मा ‘काठमाण्डौँ मण्डल’ को रुपमा एउटा अर्को छुट्टै प्राकृतिक बनावट पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा कायम रहेका साढेले दर्शाउँछ र दुधको ‘नैवेद’ ले पशुपतिनाथलाई ‘स्नान’ गराउने चलन अहिलेसम्म कायम नै रहेको छ ।
नेपाल अधिराज्यमा ‘आभीर’ नेता विष्णुगुप्त नै सर्व शक्तिमान् अधिनायक भएर रहेका थिए ।
‘कैलाशकुट भवन’ मा रहेका राज सिंहासनबाट ‘आभीर’ नेता विष्णुगुप्त हट्ने वितिकै यिनीहरुको स्थापना गराएका लिच्छवी राजा ‘भिमार्जु देव’ पनि ‘मानगृह’ मा रहेको राज सिंहासनबाट स्वतः नै हटन पुगेका पाइन्छन् ।
कुलदेवता श्री कृष्णको मन्दिर पाटनमा अवस्थित छ । साविक गौचरण (यादवहरु) को गाई चराउने ठाउँमा हाल गौचरण विमान स्थलको नाउले सर्वविदितै छदैछ ।
गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामवरण यादवले हाल सम्म आफ्नो भुमिका निभाई रहनु भएको छ । इतिहास ले परापुर्वकाल देखि नै नेपाल राष्ट्र बनाउनप्रति कतिको मोडहरुमा यदुवंशी (यादव)को भुमिका रहेको पाइन्छ ।
नयाँ संविधानमा तराईमा रहेका बहुसंख्यक यादवहरुले आफ्नो तराई क्षेत्रमा आफ्नो छुट्टै प्रदेश माँग समेत न गरेकोमा यादवहरु प्रतिसमेत नेताहरुले पक्षपात भेदभाव गरेको सर्ववितिदै छ ।
प्रथम संविधानसभाको चुनावमा माओवादी पार्टी बहुमत प्राप्त गरी दुई वर्षको संविधान अवधीमा चारा वर्ष विताउँदा पनि संविधान बनाउन नसकेको हाल आएर आफ्नै पार्टीका प्रभावशाली नेता तथा पुर्व प्रधानमन्त्री बाबुराले राजिनामा दिन पुगे ।
तसर्थ अहिले चलिरहेको मधेश आन्दोलन, पहाड आन्दोलन मा लिम्बुवान, खम्बुवान, जनजाति, थरुहट, मुस्लिम, महिला, दलितहरुको माँग सरह यादवहरुलाई पनि छुट्टै प्रदेश छुट्टाई दिन प¥यो । न त अर्को मधेश प्रदेशमा गृह युद्ध हुने संभावना हुने देखिन्छ ।
तसर्थ नेपालमा अहिलेको अशान्ति, असुरक्षा, दण्डहिंसा, षडयन्त्रपुर्ण, राजनीतिक गतिविधि र अपराध, कष्ट, आत्मसन्तुष्ट, राज्य र सरकारलाई चुस्त दुरुस्त बनाउनलाई ‘यदुबंशी’ (यादव) ले अहम भुमिका राख्दछ ।
जय मधेश–जय नेपाल
(लेखक यादव नमूना गाविस गोविन्दपुरका पूर्व गाविस अध्यक्ष हुन् ।)

Thursday, September 10, 2015

लहानमा गोली चल्यो, दर्जनौँ घाईते

लहान । संयुक्त मधेशी मोर्चाले आहवान गरेको अनिश्चितकालिन मधेश बन्दको बुधवार २६ औँ दिनमा लहान तनाव बढेको छ । आन्दोलनकारीले सडकमा रुख ढालेर अवरुद्ध गर्ने क्रममा प्रहरीसँग भएको झडपमा दर्जन भन्दा बढी प्रदर्शनकारी घाईते भएको छ ।
प्रदर्शनकारीहरुले ट्राफिक प्रहरी कार्यालय छेउमा पुर्व पश्चिम लोकमार्गमा रहेको मसालाको रुख काट्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीको तर्फबाट नौ जना तथा प्रदर्शनकारीको तर्फबाट चार जना गोली लागि घाइते भएको बताइएको छ । सद्भावना पार्टीका सह

Saturday, September 5, 2015

मधेशलाई सधैभरी वेलास्ता गरीरहे काठमाडौंसँगको सम्बन्ध टुट्न सक्ने ः यादव र ठाकुर

लहान । सरकारसँग बार्ताको कुनै औचित्य नरहेको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएको छ । मधेशी संयुक्त मोर्चाद्वारा सिरहाको मिर्चैयामा आयोजित ‘मधेश मुक्त महाकुम्भ’ कार्यक्रममा अध्यक्ष यादवले मधेशीसँग विगतमा भएको सहमति कार्यान्वयन गरे आन्दोलन  त्यसै रोकिने ठोकुवा गरे ।
मधेश आन्दोलनपछि भएको २२ बुदे र ८ बुदे सम्झौता लागु भए कसैसँग बार्ताको आवश्यकता नभएको यादवले बताए । उनले भने ‘हाम्रो सरकारसँग नयाँ कुनै माग छैन, विगतमा भएका सम्झौता लागु गर्ने र तराईमा  अहिले परिचालन गरेको सेना र सशस्त्रलाई  फिर्ता बोलाए आन्दोलन स्थगित हुन्छ ।’
संवोधनकै क्रममा यादवले मधेशसँग वितमा भएको सहमतिको वेवास्ता गरी सविधानजारी गरे मधेशको घरघरमा सविधान जल्ने बताए । उनले भने ‘सत्तापक्ष संविधान जारी गर्न जति आतुर छन्, हामीपनि जारी होस् भन्ने पक्षमा छौं । मधेश, दलित, मुस्लिम, जनजातिलाई वेवास्ता गरी संविधान जारी गरे हामीले पनि सलाई किनेर राखेको छौं , मधेशको घरघरमा जलाउँछौं ।’

तराई मधेसका कांग्रेसी सभासद्को प्रस्ताव मधेसमा ३ प्रदेश

तराई मधेसका ४३ कांग्रेसी सभासद्ले तराईमा ३ प्रदेशको सीमाकंन हुनुपर्नेलगायत माग राख्दै  संविधान विधेयकमा संशोधन प्रस्ताव राख्न पार्टीलाई सुझाव दिएका छन् । उनीहरुले पार्टीको संसदीय दलको कार्यालय र प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई सुझाव पत्र बुझाएका हुन् ।

उनीहरुले संविधानमै राष्ट्रिय मधेसी, मुश्लिम, आदिवासी जनजाति, थारु आयोग गठनको व्यवस्था हुनुपर्ने, जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने, न्यायपालिकाको सम्पुर्ण नियुक्ति समानुपातिक समावेशीको आधारमा हुनुपर्ने, राज्यका सवै तह र अंगमा महिला, जनजाति, मधेशी, मुश्लिम, अल्पसंख्यक र पिछडाबर्गको प्रतिनिधित्व समानुपातिक र समावेशीका आधारमा हुनुपर्नेलगायत माग राख्दै विधेयक संशोधनका लागि सुझाव दिएका हुन् । पार्टीको निर्देशन अनुसार हामीले दलको कार्यालय र प्रधानमन्त्रीलाई संविधान विधेयकमा संशोधन गर्नका लागि सुझाव दिएका छौं, जनताको पार्टी भएकाले यी सुझाव पार्टीले संशोधन प्रकृयामा अघि बढाउँछ भन्ने विश्वास छ