Monday, April 6, 2015

जिल्लाको विकास गर्न कृषिमा लगानी आवश्यक : अध्यक्ष यादव

लहान । नेकपा एमाले सिरहाका अध्यक्ष प्रमोद यादवले जिल्लाको विकास गर्नका लागि कृषिमा लगानी गर्नुपर्ने आवश्यकता रहेको वताउनुभयो । वहाले सिरहा जिल्लालाई नमुना जिल्ला वनाउनका लागि युवाहरुको सक्रियतामा कृषिमा प्रत्यक्ष लगानी सरकारी निकायले गर्नुपर्ने वताउनुभयो ।
नेकपा एमाले सिरहाका अध्यक्ष प्रमोद यादव  तालिम उदघाटनमा 
युवा सुचना केन्द्र सिरहाको सहयोगमा जनप्रयास सामुदायिक विकास केन्द्र विष्णुपुरकट्टीले मानिकदह कृषि सहकारी संस्था गोन्दिपुरको समन्वयमा संचालित पा“च दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिमको उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो वताउनुभयो ।
 अध्यक्ष यादवले युवाहरु दिनानुदिन  विदेश जाने जनलहर चलिरहेको अबस्थामा यसलाई रोक्नका लागि कृषि क्षेत्रमा लगानी  अति आवश्यक रहेको वताउनुभयो । वहाले उतरी क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्नका लागि सरकारी निकाय र गैरसरकारी निकायसंग समन्वय गरि तत्काल खानेपानी समस्या समाधानको लागि आवश्यक पहल गर्ने वताउनुभयो । खानेपानीको समस्या समाधानमा स्थानीय निकायले अविलम्ब अन्य योजनालाई तत्काल थाती राखेर भएपनि  खानेपानी समस्या समाधानका लागि लगानी गर्न सुझाव दिनुभयो ।